Play

रातारात ठडियो स्व. राजा वीरेन्द्रको शालिक

गुरुकुल खबर


पोखरा, पोखराको वीरेन्द्र चोकमा स्वर्गीय राजा वीरेन्द्रको शालिक रातारात स्थापित गरिएको छ ।आइतबार मध्यरातमा पोखरा महानगरपालिका वडा नम्बर १० स्थित बीरेन्द्रचोकमा यो शालिक ठड्याइएको हो ।

स्थानीय जनताको सक्रियतासंगै गएराती १ बजेर ४५ मिनेटको शुभ–मुहुर्त पारेर स्व. राजा वीरेन्द्र वीर बिक्रम शाहदेबको शालिक पुर्नस्थापित गरिएको हो ।

उक्त शालिक पुनस्थापित गर्न क–कसको सक्रियता रह्यो भन्ने बारेमा पूर्ण विवरण आउन भने बाँकी नै रहेको छ । शालिक आठ फीट अग्लो रहेको बताइएको छ । ढलोटले बनाइएको उक्त शालिक निर्माणमा करीब २५ लाख रुपैयाँ खर्च भएको दाबी गरिएको छ ।

२०६२/०६३ को दोश्रो जनआन्दोलन सकिए पछि तत्क्जालिन अवस्थामा माओवादी कार्यकर्ताहरुले उक्त स्थानमा रहेको राजा बीरेन्द्र बीर बिक्रम शाह देवको शालिकलाई तोडफोड गरेर फालेपनि पनि उक्त चोक बीरेन्द्र चोकका रुपमा चिनिदै आएको छ ।

९ पुष २०८०, सोमबार १५:१६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा