Play

रातारात ठडियो स्व. राजा वीरेन्द्रको शालिक

गुरुकुल खबर


पोखरा, पोखराको वीरेन्द्र चोकमा स्वर्गीय राजा वीरेन्द्रको शालिक रातारात स्थापित गरिएको छ ।आइतबार मध्यरातमा पोखरा महानगरपालिका वडा नम्बर १० स्थित बीरेन्द्रचोकमा यो शालिक ठड्याइएको हो ।

स्थानीय जनताको सक्रियतासंगै गएराती १ बजेर ४५ मिनेटको शुभ–मुहुर्त पारेर स्व. राजा वीरेन्द्र वीर बिक्रम शाहदेबको शालिक पुर्नस्थापित गरिएको हो ।

उक्त शालिक पुनस्थापित गर्न क–कसको सक्रियता रह्यो भन्ने बारेमा पूर्ण विवरण आउन भने बाँकी नै रहेको छ । शालिक आठ फीट अग्लो रहेको बताइएको छ । ढलोटले बनाइएको उक्त शालिक निर्माणमा करीब २५ लाख रुपैयाँ खर्च भएको दाबी गरिएको छ ।

२०६२/०६३ को दोश्रो जनआन्दोलन सकिए पछि तत्क्जालिन अवस्थामा माओवादी कार्यकर्ताहरुले उक्त स्थानमा रहेको राजा बीरेन्द्र बीर बिक्रम शाह देवको शालिकलाई तोडफोड गरेर फालेपनि पनि उक्त चोक बीरेन्द्र चोकका रुपमा चिनिदै आएको छ ।

९ पुष २०८०, सोमबार १५:१६ मा प्रकाशित
Nabintech