Play

जरिवाना भुक्तान गर्न वाँकी ४६ जना फरार प्रतिवादी पक्राउ

गुरुकुल खबर


पोखरा, जिल्ला प्रहरी कार्यालय कास्कीले अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न वाँकी ४६ जना फरार प्रतिवादीहरुलाई गत मंसिर महिनामा पक्राउ गरेको छ ।

जिप्रका कास्की तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न वाँकी ४६ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी अदालतमा बुझाएको हो ।

उनीहरुबाट दुईलाख बाह्र हजार दुई सय रुपैयाँ जरिवाना तथा ४ महिना १६ दिन कैद भुक्तान गरिएको जनाइएको छ ।

मुद्दाको सुची

१. चेक अनादार मुद्दामा २९ जना,
२. चोरी मुद्दामा २ जना,
३. जुवा मुद्दामा ३ जना,
४. दुशित तथा न्यून स्तरको खाद्यपदार्थ उत्पादन तथा विक्री वितरण मुद्दामा १ जना,
५. सार्वजनिक स्थानमा अभद्र व्यवहार मुद्दामा ४ जना,
६. जालसाझी मुद्दामा ४ जना,
७. साधारण चोरी मुद्दामा १ जना,
८. सवारी अंगभंग मुद्दामा १ जना,
९. अभद्र व्यवहार मुद्दामा १ जना,

२ पुष २०८०, सोमबार १६:२६ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा