Play

टिकटक बन्द गर्ने निर्णय विरुद्ध सर्वोच्चमा रिट

गुरुकुल खबर


पोखरा, नेपालमा टिकटक प्रतिबन्ध विरुद्ध रिट निवेदन परेका छन् । टिकटक बन्द गर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा कम्तिमा पनि ८ वटा रिट परेका हुन् ।

तिहार बिदापछि अदालत खुलेको पहिलो दिन कानून व्यवसायीहरुले सरकारको निर्णयमाथि चुनौती दिई रिट निवेदनहरु दिएका हुन् । सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले भने, ‘अहिलेसम्म ८ वटा रिट निवेदनहरु पेश भएका छन् । ती निवेदन सरसर्ती पढेर रुजु गर्ने प्रक्रियामा छौं ।’

बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता स्वागत नेपाल लगायतले छुट्टाछुट्टै रिट निवेदन पेश गरेका हुन् । टिकटक माथिको प्रतिबन्धले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता हनन भएको, निर्देशिका ल्याएर नियमन गर्ने प्रक्रियामा गएको सरकारले हठात बन्द गर्ने निर्णय गरेको, निर्णय गर्दा कुनै कानूनी आधार नटेकेको भन्दै उनीहरुले सरकारको निर्णय खारेज हुनुपर्ने माग गरेका छन् ।

नागरिकका लागि अपूरणीय क्षति हुने भन्दै उनीहरुले आफूहरुको निवेदनमा अन्तरिम आदेश जारी हुनुपर्ने माग समेत गरेका छन् । २७ कात्तिकको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो । टिकटकबाट पारिवारिक सम्बन्ध र सामाजिक सद्भाव बिगार्ने काम भएको भन्दै त्यसलाई बन्द गर्ने निर्णय सरकारले गरेको थियो ।

१ मंसिर २०८०, शुक्रबार १६:५४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा