Play

तमु धिं नेपालको अध्यक्षमा हुमबहादुर गुरुङको एक उम्मेदवारी

गुरुकुल खबर


पोखरा, तमु समुदायको अग्रणी संस्था तमु धिं नेपालको अध्यक्षमा पुनः हुमबहादुर गुरुङसहित कार्यसमितिको पदाधिकारीका सम्पुर्ण पदमा एकल उम्मेदवारी परेको छ।

यही असोज २७ गते शनिवार हुने ३९ औं वार्षिक साधारणसभा तथा १६ महाधिवेशनमा आगामी तीन वर्षका लागि नेतृत्व चयनका लागि गठित निर्वाचन समितिको निर्वाचन कार्यक्रम अन्र्तगत बिहिवार अध्यक्ष लगायत ९ पदीय पदाधिकारीको लागि उम्मेदवारी दर्तामा वर्तमान अध्यक्षसहितको पदाधिकारीहरुको एकल उम्मेवारी पश्चात निर्वाचन समितिले निर्विरोध निर्वाचित भएको सुचना टाँस गरिएको हो।

पर्वत जिल्ला, फलेवास नगरपालिका वडा नं. ९ गाँउ भई हाल पोखरा महानगरपालिका वडा नं.१४ चाउथे निवासी चारभञ्ज्याङ तमु समाज पोखराका हुमबहादुर गुरुङले तीन वर्ष अघि संस्थापक अध्यक्ष कर्म तमु पश्चात तमु धिं नेपालको दोस्रो अध्यक्ष निर्वाचित भएका थिए । अध्यक्ष गुरुङको पहिलो कार्यकाल अत्यन्तै उदाहरणीय बनेको भन्दै कार्य प्रसशांसँगै दोस्रो कार्यकालका लागि पुनः अध्यक्षमा निर्विरोध भएका हुन् । यसै गरी पदाधिकारीको अन्य आठ वटै पदमा समेत अध्यक्षकै नेतृत्वकै पदाधिकारीहरु निर्विरोध भएका छन् ।

वरिष्ठ उपाध्यक्षमा कास्की जिल्ला मादी गाँउपालिका वडा नंं. २ ताङतिङ गाँउ भई दुधपोखरी तमु समाजका सुमे श्रीप्रसाद गुरुङ, प्रथम उपाध्यक्षमा रुपा गाउपालिका गाँउ भई सिद्धार्थ तमु समाजकी गीमाया गुरुङ, द्वितीय उपाध्यक्षमा मादी गाउपालिका याङ्जकोट गाँउभई याङ्जाकोट तमु समाजका नारायण गुरुङ,महासचिवमा स्याङ्जा पुतली बजार नगरपालिका आलेचितन गाँउ भई मिलीजुली विजयपुर तमु समाजकी अधिवक्ता जुनाकुमारी गुरुङ, सचिवमा फिर्के तमु समाजका जुमकाजी गुरुङ, सहसचिवमा तनहुँका गोपाल गुरुङ, कोषाध्यक्षमा नादा तमु समाजका गमबहादुर गुरुङ र सहकोषाध्यक्षमा तमु सहयोग समिति पार्दीका सु.तुलबहादुर गुरुङको एकल उम्मेदवारी पश्चात निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत शंकर गुरुङले जानकारी दिए ।

तमु धिं नेपालको विधान अनुसार तमु धिं नेपालको पदाधिकारीको उम्मेदवारका लागि एक कार्यकाल कार्यसमितिमा रही सेवा गरेको हुनुपर्दछ। तमु धिं नेपालको महाधिवेशन तथा साधारणसभा असोज २७ गते तोकिएता पनि महाधिवेशन अगावै निर्वाचनको प्रकृया अघि बढाउने र तिथि तय भएको दिनमा निर्वाचित पदाधिकारीलाई निर्वाचन समितिको तर्फबाट सपथ ग्रहण गराउने गरिन्छ। कार्यसमिति सदस्यका लागि निर्वाचित पदाधिकारीहरुले विभिन्न जिल्ला, क्षेत्र, लिंग लगायतलाई समावेशीलाई आत्मसाथ गर्दै संस्थागत सिफारिसको आधारमा मनोनयन गर्ने प्रावधान रहेको छ।

निर्वाचन समितिमा प्रमुख निर्वाचन अधिकृत तमु धिं नेपालका संस्थापक उपाध्यक्ष शंकर गुरुङ, सदस्यहरुमा सल्लाहकार एवम पुर्व महासचिव रुद्रकुमारी गुरुङ मैना र आजीवन सदस्य एवम वरिष्ठ पत्रकार राजबहादुर गुरुङ रहेका छन् ।

तमु धिं नेपालको साधारणसभा तथा महाधिवेशन असोज २७ गते नेपाल सरकारका शहरी विकास मन्त्री सिता गुरुङको प्रमुख आतिथ्यतामा पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा भव्यताका साथ सम्पन्न गर्ने गरी तयारी भएको तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले जानकारी पदइ ,

२६ आश्विन २०८०, शुक्रबार १५:२७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा