Play

लायन्सको अन्तर्राष्ट्रिय बैठक पोखरामा

गुरुकुल खबर


पोखरा, लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ आई नेपालको दोस्रो क्याविनेट वैठक पर्यटकीय नगरी पोखरामा हुने भएको छ ।

लायन्स क्लव अफ पोखरा आर्दशको आयोजनामा यही असोज २६ र २७ गते विभिन्न जिल्लाका लायन्स क्लवको सहभागितामा वैठक हुन लागेको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । काठमाण्डौं, पर्वत, म्याग्दी,लमजुङ, गोर्खा लगायतका क्षेत्रवाट करिव १ हजार लायन सदस्यको सहभागिता रहने क्लवका संस्थापक अध्यक्ष एवं मुल आयोजक समितिका संयोजक नविन भण्डारीले जानकारी दिए । दुई दिनसम्म हुने कार्यक्रममा २६ गते क्याविनेट पदाधिकारीको वैठक र २७ गते लायन्स तथा लियो सदस्य सम्मिलित कार्यक्रम हुने वताइएको छ । लायन्स अन्र्तराष्टिय डिस्टिक ३२५ आई नेपालका डिस्ट्रीक गर्भनर चन्द्र कुमार केसकिो अध्यक्षतामा हुने कार्यक्रममा पोखराको मौलिक संस्कृति झल्कने सारङ्गीको धुन र लक्ष्य व्याण्डको सांगितिक प्रस्तुति राखिने बताइएको छ ।

कार्यक्रमलाई व्यवस्थित गर्न संस्थापक अध्यक्ष नविन भण्डारीको संयोजकत्वमा विभिन्न ११ वटा उपसमिति गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । जस अनुसार स्मारिका प्रकाशन उपसमितिमा गोविन्द चापागाई, मंच व्यवस्थापनमा वुद्घि व. खत्री, प्रचार तथा सुचनामा दिनेश भण्डारी, खाना, खाजा र अतिथि व्यवस्थापनमा संजय कुमार अधिकारी, रजिष्टेशनमा कृष्ण गुरुङ, अर्थ व्यवस्थापनमा दिल व.थापा, स्वागत, सत्कारमा शोभा वाँनिया, खानेपानी तथा पार्किङ्गमा गणेश वस्नेत, स्वास्थ्य तथा प्राथामिक सेवामा रमेश थापा, सचिवालय व्यवस्थापनमा मिलन केसी र किट व्याग व्यवस्थापनमा भोज व. केसी रहेका छन् । पत्रकार सममेलनमा बोल्दै पुर्व अध्यक्ष सुरेन्द्रमान सिंह भण्डारीले यस क्षेत्रको पर्यटन प्रर्वद्घनमा सम्मेलनले महत्वपुर्ण भुमिका खैल्ने बताए ।

उनले कार्यक्रम सवै लायन्सको भएकाले यसको सफलताको लागी सहयोग गर्न आग्रह गरे । संयोजक भण्डारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको संचालन प्रचार संयोजक दिनेश भण्डारीले गरेका थिए । क्लवले सामाजिक कार्यका साथै मानवीय सेवा र स्वास्थ्य लगायतका क्षेत्रमा सेवाका कामहरु गर्दै आई रहेको छ ।

 

२० आश्विन २०८०, शनिबार १२:३५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा