पोखरा, कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता हिक्मतकुमार कार्कीले शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख परशुराम खापुङले उनलाई पद तथा गोपनीयताको सपथ खुवाएका हुन् ।
मुख्यमन्त्री दोहोरिएका कार्कीले शुक्रबार नै पाँच सदस्यीय मन्त्रिपरिषद् पनि बनाएका छन् । तीलकुमार मेन्याङ्बो, एकराज कार्की, पाँचकर्ण राई मन्त्री बनेका छन् भने राज्यमन्त्रीमा सिर्जना राईलाई नियुक्त गरिएको छ ।
मेन्याङ्बोलाई खानेपानी, सिँचाइ तथा ऊर्जा र स्वास्थ्य, कार्कीलाई भौतिक पूर्वाधार विकास, राईलाई वन वातावरण तथा पर्यटन र उद्योग, भूमि व्यवस्था तथा कृषि मन्त्रालय र सिर्जना राईलाई सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री कार्कीले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र सामाजिक विकास मन्त्रालय आफूसँगै राखेका छन् । मुख्यमन्त्री कार्कीले विश्वासको मत नलिएसम्म सरकारमा सहभागी नहुने एमालेसँग सहकार्य गर्दै आएको राप्रपाका प्रमुख सचेतक अमरबहादुर विष्टले स्पष्ठ पारे ।
मुख्यमन्त्री बनेका कार्कीले विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने बताएका बताए । सबै दल मिलेर सरकार चलाउने विषयमा आफूले छलफल अघि बढाउने पनि उनले बताए । निवर्तमान मुख्यमन्त्री तथा गठबन्धन दल कांग्रेस नेता उद्धव थापाले सर्वदलीय वा सहमतिको सरकारको विषयमा गठबन्धन दलको शीर्ष नेताहरूबीच छलफल भएर निर्णय गरेपछि मात्रै निक्र्यौल हुने बताए ।