Play

महिला उद्यमी संघ कास्कीको अधिवेशन सम्पन्न, अध्यक्षमा सरु बराल

गुरुकुल खबर


पोखरा, महिला उद्यमी संघ नेपाल कास्कीको आठौं साधारणसभा एवं पाँचौ अधिवेशन पोखरामा सम्पन्न भएको छ ।

उक्त अवसरमा आयोजित महिला उद्यमि मेलाको प्रमुख अतिथि उर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालय गण्डकी प्रदेशका मन्त्री सरस्वती अर्याल तिवारीले उद्घाटन गरिन् ।

कार्यक्रममा विशिष्ट अतिथि महिला उद्यमि माहासंघ नेपालका अध्यक्ष निरु रायमाझी खत्री तथा अतिथिको रुपमा पोखरा माहानगरपालिका व्यवसाय प्रबद्र्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारी, पर्यटन तथा उद्योग कार्यालय कास्कीका प्रमुख शेषकान्त पौडेल, पोखरा उद्योग वाणिज्य संघका अधयक्ष पवनकुमार प्रजापति, पोखरा हस्तकला संघ कास्कीका अध्यक्ष रामकली खडका, कस्मेटिक ब्यवसायी संघ कास्कीका अध्यक्ष दुर्गा बराल रहेका थिए ।

कार्यक्रममा आयोजकका तर्फबाट संघसंस्थाबाट प्रतिनिधित्व गरेर उपस्थित भएका विशिष्ट व्यक्तित्वहरु, संस्थापक अध्यक्ष, सल्लाहकार र पूर्व अध्यक्षहरु, वडा इकाईका पदाधिकारीहरु, सम्पुर्ण कार्यसमितिका पदाधिकारीहरु, साधारण सदस्यहरु लगायत सफल उद्यमि सम्मान प्राप्त गर्ने लक्ष्मी शर्मा भट्टराई र उत्कृष्ट वडा इकाईमा सम्मानित भएका  जमुना पराजुलीको टिमलाइ हार्दिक धन्यवाद तथा बधाई ज्ञापन गरिएको थियो ।

अध्यक्षमा सरु बराल : यसैगरी महिला उद्यमी संघ नेपाल कास्कीको उक्त अधिवेशनले शारदा बराल (सरु) को अध्यक्षतामा नयाँ समिति पनि चयन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा एलिना बराल, द्वितीय उपाध्यक्षमा मिना प्रधान, कोषाध्यक्षमा रुपा गुरुङ चयन भएका छन् । यसैगरी सदस्यहरुमा बसन्ती खत्री, श्रमिक जिसी, जमुना पराजुली र गिता नाथ योगी रहेका छन् ।

१९ भाद्र २०८०, मंगलवार १४:४१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा