Play

पोखरामा मनाईयो ट्होटें

गुरुकुल खबर


पोखरा, तमु समुदायको महत्वपूर्ण सांस्कृतिक पर्वको रुपमा रहेको ट्होटें पर्व पोखरामा साउन महिनाको अन्तिम मङ्गलवार धुमधामका साथ मनाइएको छ । पोखरामा मङ्गलवार झाँकी सहितको वृहत् -याली प्रदर्शनी भएको तमु धिँ नेपालका अध्यक्ष हुम तमुले जानकारी दिए ।

आफ्नो मौलिक सांस्कृतिक पर्व ट्होटे पर्व मनाउन पोखरामा विभिन्न ठाउँबाट पोखरा आई बसोबास गरेका तमुहरू आफ्नो कला संस्कृति झल्कने र आफ्नो परम्परागत भेषभुषामा समेत सजिएर ¥यालीमा सहभागी भएका थिए । ट्होटें पर्व तमु समुदायले वर्षको दुई पटक चैत र साउनको अन्तिम मङ्गलवार मनाउँदै आएको पाइन्छ ।

तमु धिं नेपालको आह्वानमा पोखरामा विभिन्न गुरुङ समुदायका संघ सङ्गठनका प्रतिनिधिहरू पन्चे बाजाका साथमा झाँकी सहित विभिन्न जनवारदेखि, भूत, प्रेतका चित्रजस्ता मुकुन्डो, कालोमोसो, विभिन्न रङरोगन लगाएर रंगीबिरंगी झाँकी, लेकमा बस्दा निर्माण गरिने हस्तकलाका सामाग्री समेत ¥यालीमा प्रर्दशन गरिएको थियो ।

पोखराको रानीपौवाबाट सुरु भएको ¥याली पोखराको महेन्द्रपुल, नयाँबजार हुदै तमु धिँ नेपालको कार्यालय परिसरमा पुगेर समारोहमा परिणत भएको थियो ।

३० श्रावण २०८०, मंगलवार १५:२४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा