Play

‘ताल बेचेर खान कसैलाई दिईन्न’– वडाध्यक्ष थापा

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापले आफ्नो वडाका तालहरु बेचेर कसैलाई पनि खान नदिने बताएका छन् । पोखरा २६ मा भएको सार्वजानिक सुनुवाईमा जनताले राखेका जिज्ञासाको सम्बोधन गर्दै, अध्यक्ष थापाले वडामा रहेको खास्टे, निउरेनी र गुँदेताल बेचेर खान कसैलाई नदिने बताएका हुन । उनले भने–‘ताल स्थानिय सरकारको सम्पती हो, कसैले धन्दा चलाएर वा बेचेर खान पाउदैन ।” वडालाई आफ्नो सम्पतीको रक्षा कसरी गर्नु पर्दछ त्यो थाह छ । ’

सरकारी सम्पति अतिक्रमणको बिषयमा उठेको प्रश्नको उत्तर दिने क्रममा अध्यक्ष थापाले भने –‘कसैलाई सार्वजानिक सम्पति खान्छु भन्ने लागेको छ भने त्यो भ्रम हो । हामीले हाम्रो सम्पती के कति छ ? खवर पाम भनेर नापी र मालपोत कार्यालयसँग सुचना मागेका छौँ । सार्वजानिक सम्पति माथी कसैले गिद्दे नजर नलगाए हुन्छ । ’ अध्यक्ष थापाले जनताको गुनासो सम्बोधन गर्नकै लागि जनप्रतिनिधी बनेको र जनताको सुझाब, गुनासो आलोचनालाई शिरोधार्य गरेर आगामी दिनमा सुन्दर वडा निर्माण गर्ने कार्यमा हातेमालो गर्ने प्रतिबद्धता गरेका थिए । थापाले सहभागिले उठाएका सबै प्रश्नको उत्तर एक एक गरेर दिएका थिए ।

पोखरा २६ ले गरेको सार्बजानिक सुनुवाईमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्यामकृष्ण थापा, महाशाखा प्रमुखहरु जयराम पौडेल, भरतराज पौडेल, कृष्ण तिवारी र पोखरा महानगरका वडाअध्यक्षहरु किरण बराल, सन्तोष बास्तोला, दिपेन्द्र मरसानी, तारेण बहादुर बानियाँ र दुर्गा सुवेदीको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख प्रशाकिय अधिकृत श्याम कृष्ण थापाले कार्यक्रममा सहभागिको संख्या र कार्यक्रमको नमूनाका बारेमा प्रशंसा गरेर आगामी दिनमा सहकार्य गरेर अगाडी बढ्ने बताएका थिए ।

कार्यक्रममा बिभिन्न राजनीतिक दलका प्रतिनिधीहरु, नागरिक समाज, आमा समुह, युवा क्लव र बिभिन्न समुदायका समुहहरुको सहभागिता थियो । कार्यक्रममा वडा सदस्य तिर्थ बहादुर राजभाटले स्वागत गरेका थिए भने वडाका सचिब मिना भट्टराई भण्डारीले वडाको प्रगति प्रतिबेदन पेश गरेकी थिईन । कार्यक्रम संचारकर्मी शुरेस रानाभाटले संचालन गरेका थिए भने कार्यक्रमहरुमा वडा सदस्यहरु लक्ष्मीदेवी भट्टराई,सुजता वराल सुनार र सुदिपराज ढुङ्गाना सहभागिता रहेको थियो ।

सार्वजानिक सुनुवाईको अवसरमा वडाको बृत्तचित्रको बिशेष प्रदर्शन गरिएको थियो बृत्तचित्रको लेखन तथा निर्देशन सौगात पोखरेलले गरेका थिए । कार्यक्रममा वडामा रहेका आमा समुहको सहभागितामा रोटी तरकारी बनाएर खाजा व्यबस्थापन गरिएको थियो । कार्यक्रमा वडा २६ का एक हजार बढि स्थानियको सहभागिता रहेको थियो ।

२६ श्रावण २०८०, शुक्रबार १७:०३ मा प्रकाशित
Nabintech