Play

धरम र केबी जोडीलाई मनसुन कप

गुरुकुल खबर


पोखरा, मनसुन कप डबल्स टेनिस प्रतियोगिताको उपाधी धरमसिंह लामिछाने र केबी तामाङ्गको जोडीले जितेको छ । पोखरा रंगशालामा शनिबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा नविन श्रेष्ठ र इन्द्र गुरुङ्गको जोडीलाई पराजित गर्दै धरम जोडीले उपाधी रक्षा गरेको हो ।

पहिलो सेटको खेल सुपरटाईमा ८–१० पराजित भएको धरम जोडी दोश्रो र तेश्रो सेटमा उत्कृष्ट कमब्याक गर्दै खेल आफ्नों पक्षमा पार्न सफल भए । धरम जोडीले दोश्रो सेटमा ६–० को सहज जित निकाले । तेश्रो सेटको नजिता सुपर टाईमा १०–४ ले निकाल्दै यो जोडीले खेल आफ्नों पक्षमा पारेको हो । प्रतियोगितामा राज गुरुङ्ग इनर्जेटिक खेलाडी घोषित भए ।

विजयी खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ, प्रतियोगिता संयोजक विरेन्द्र लामा, खेलाडी तथा आयोजक संस्थाका सल्लाहकार गोपी भट्टराई लगायतले पुरस्कार प्रधान गरेका थिए । समारोहमा बोल्दै प्रमुख अतिथि कायस्थले पोखरामा सञ्चालन हुने यस्तै प्रतियोगिताहरुले यहाँ उत्कृष्ट खेलाडी उत्पादनमा सहयोगी भएको बताए । चाइनामा हुने एशियाडका लागि छानिएका पोखरेली दुई खेलाडी तालिमका लागि अभिषेक बाँस्तोला स्पेनमा तथा प्रदीप खड्का बैङलोर गएको जानकारी दिए ।

कास्की जिल्ला टेनिस संघका उपाध्यक्ष राजु गुरुङ्गको अध्यक्षमा भएको कार्यक्रम आयोजक समितिका उपाध्यक्ष नविन चालिसेले कार्यक्रम सञ्चालन गरेका थिए । टेनिस प्रतियोगिता व्यवस्थापन गरेका संघका सहयोगी निर्मल मगरलाई धन्यवाद ज्ञापन गरेका थिए ।

 

 

 

२० श्रावण २०८०, शनिबार १४:३८ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा