Play

डिएच मनदेवीको ‘जस्ट स्माईल’ संचालनमा

गुरुकुल खबर


पोखरा । डिएच मनदेवी गुरुङको ‘जस्ट स्माईल डेन्टिस्ट्रि क्लिनिक’ले बुधबारदेखि औपचारिक सेवा प्रदान गरेको छ ।

जस्ट स्माईलको उदघाटन गर्दै माननीय सरस्वती गुरुङले स्वास्थ्य क्षेत्रमा युवा पुस्ताले देखाएको गम्भीरताको प्रसंसा गर्दै हरेक क्षेत्रमा युवा सक्रियताको आवश्यकता औल्याईन् । ‘युवाको पहिलो रोजाई वैदेशिक अध्ययन र रोजगार बनीरहेको अहिलेको अवस्थामा आफ्नै देशमा केही गर्छु भन्नुु गौरवको विषय हो’ माननीय गुरुङले भनिन् ‘मनदेवीको यो उत्साह र सोच सबैकालागि उदाहरण बनुन ।’

उदघाटन कार्यक्रममा साहित्यकार एवम् विम्व कवि रमेश श्रेष्ठ, थिम्जे चेलीबेटी समाजका अध्यक्ष कौशी गुरुङ लगायतले स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण बन्न शुभकामना व्यक्त गरेका थिए ।

पोखरा महानगरपालिका १ बगरमा रहेको जस्ट स्माईलमा डाक्टर ओसिन थापा बुद्धाचार्य र डा.विश्वदिप पौडेलद्धारा दाँत सम्बन्धि सबै उपचार गरिने प्रोपाईटर समेत रहेकी डिएच मनदेवी गुरुङले जानकारी दिईन् ।

अन्नपूर्ण गाउँपालिका वडा नं १० घान्द्रुक स्थायी घर भई हाल पोखरा १, पुरानो गल्लीमा बसोबास गर्दै आईरहेकी मनदेवीले कान्तिपुर ईन्ष्टिच्युट अफ हेल्थ साइन्सेसमा डेन्टल सम्बन्धि अध्ययन गरेकी हुन् ।

‘अध्ययन सकेपछि धेरै जना वैदेशिक रोजगारमा विदेशिन्छन तर आफुले हासिल गरेको ज्ञान आफ्नै माटोलाई दिउ भन्ने उद्देश्य हो’ डिएच मनदेवीले भनिन् । लक्ष्य लिनु र सोही अनुरुपको परिश्रम गरे स्थापित हुन विदेश नै जानु नपर्ने उनी बताउँछिन् ।

जस्ट स्माईलको संचालन लागत करिव २० लाख रहेको डिएच गुरुङले जानकारी दिईन ।

 

 

७ असार २०८०, बिहीबार १०:२४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा