Play

कपडा व्यवसायी एसोसिएसनको कोलेस्ट्रोल र मधुमेह निःशुल्क परीक्षण कार्यक्रम

गुरुकुल खबर


पोखरा,  कपडा व्यवसायी एसोसिएसन कास्कीको आयोजनामा कोलेस्ट्रोल र मधुमेहको निःशुल्क परीक्षण कार्यक्रम गरिएको छ । विद्या डाइवेटिज एन्ड फिटनेस सेन्टर प्रा.ली नयाँबजारको प्राविधिक सहयोगमा सम्पन्न सो कार्यक्रममा ८० जना बढीको स्वास्थ्य परीक्षण गरिएको एसोसिएसनका अध्यक्ष गजेन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो ।
सो अवसरमा रक्त परीक्षणमा ४० प्रतिशत छुट सहित विज्ञहरुद्धारा स्वास्थ्य परामर्श समेत प्रदान गरिएको छ । एसोसिएसनमा आबद्ध व्यवसायी सदस्यहरूको सुविधाका लागि स्वास्थ्य परीक्षण कार्यक्रम गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार यस प्रकारको कार्यक्रम नियमित गरिनेछ ।
कार्यक्रममा विद्या डाइवेटिज एन्ड फिटनेस सेन्टर प्रा.लिको तर्फबाट डा.अनुराग तिवारी सहित प्राविधिहरुले आवश्यक सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा एसोसिएसनका संस्थापक अध्यक्ष रामजी प्रसाद बास्तोला सहित पूर्व अध्यक्षहरूको समेत विशेष उपस्थिति रहेको थियो ।
यस प्रकारको कार्यक्रम आफ्ना व्यवसायी सदस्यहरू प्रति एसोसिएसनको संस्थागत जिम्मेवारी बोधका साथै उत्तरदायित्व र अभिभावकत्वको आभास दिलाउन सहयोगी हुने उनीहरूको तर्क छ । एसोसिएसनले विभिन्न समयमा यस प्रकारका कार्यक्रमहरू गर्दै आइरहेको छ।

३ असार २०८०, आईतवार २२:०६ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा