Play

कपडा व्यवसायी एसोसिएसनको कोलेस्ट्रोल र मधुमेह निःशुल्क परीक्षण कार्यक्रम

गुरुकुल खबर


पोखरा,  कपडा व्यवसायी एसोसिएसन कास्कीको आयोजनामा कोलेस्ट्रोल र मधुमेहको निःशुल्क परीक्षण कार्यक्रम गरिएको छ । विद्या डाइवेटिज एन्ड फिटनेस सेन्टर प्रा.ली नयाँबजारको प्राविधिक सहयोगमा सम्पन्न सो कार्यक्रममा ८० जना बढीको स्वास्थ्य परीक्षण गरिएको एसोसिएसनका अध्यक्ष गजेन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो ।
सो अवसरमा रक्त परीक्षणमा ४० प्रतिशत छुट सहित विज्ञहरुद्धारा स्वास्थ्य परामर्श समेत प्रदान गरिएको छ । एसोसिएसनमा आबद्ध व्यवसायी सदस्यहरूको सुविधाका लागि स्वास्थ्य परीक्षण कार्यक्रम गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार यस प्रकारको कार्यक्रम नियमित गरिनेछ ।
कार्यक्रममा विद्या डाइवेटिज एन्ड फिटनेस सेन्टर प्रा.लिको तर्फबाट डा.अनुराग तिवारी सहित प्राविधिहरुले आवश्यक सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा एसोसिएसनका संस्थापक अध्यक्ष रामजी प्रसाद बास्तोला सहित पूर्व अध्यक्षहरूको समेत विशेष उपस्थिति रहेको थियो ।
यस प्रकारको कार्यक्रम आफ्ना व्यवसायी सदस्यहरू प्रति एसोसिएसनको संस्थागत जिम्मेवारी बोधका साथै उत्तरदायित्व र अभिभावकत्वको आभास दिलाउन सहयोगी हुने उनीहरूको तर्क छ । एसोसिएसनले विभिन्न समयमा यस प्रकारका कार्यक्रमहरू गर्दै आइरहेको छ।

३ असार २०८०, आईतवार २२:०६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा