Play

इन्द्रेणीले गर्यो गाईघाट स्थित माछापुच्छ्रे दृश्य अवलोकन पार्कमा वृक्षारोपण

गुरुकुल खबर


पोखरा पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित इन्दे्रणी एकीकृत विकास केन्द्रले ५० औ विश्व वातावरण दिवसको अवसर पारि सोमबार वृक्षारोपण गरेको छ ।

वृक्षारोपण कार्यक्रमा पोखरा १ गाईघाट स्थित माछापुच्छ्रे दृश्य अवलोकन पार्कमा विभिन्न जाताका पाँच सय बढी बोट बिरुवा केन्द्रले रोपेको हो । केन्द्रका अध्यक्ष भानुभक्त अधिकारी, सस्थापक अध्यक्ष राजेन्द्ररमण पराजुली र पुर्व अध्यक्ष राम बिक्रम राणाले संयुक्त रुपमा पारिजातको बिरुवा रोपेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्र बगरका अध्यक्ष रामप्रसाद अधिकारी, अञ्जुली आवासीय माबिका राजु केसि, स्थानीय संघ सस्थाका प्रतिनिधिहरु, केन्द्रका पुर्व अध्यक्ष, पदाधिकारी कार्य समितिका सदस्य, आजीवन सगै साधारण सदस्यहरुको सहभागिता रहेको थियो ।

केन्द्रले पार्क सगै सोही स्थानमा किरियापुत्री भवन समेत निमार्ण सम्पन्न गरेको छ । जाहा आवासीय रुपमा किरिया गर्न मिल्ने व्यवस्था समेत रहेको केन्द्रका उपाध्यक्ष निरज बिक्रम राणाले जानकारी दिए । पार्कलाई पिकनिक खाने सगै अन्य कार्यक्रम गर्न मिल्ने गरि अन्य कामहरु हुदै गरेको राणाले जानकारी दिए ।

२३ जेष्ठ २०८०, मंगलवार २१:४७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा