Play

मिश्र नेतृत्वको प्रेस युनियन कास्कीको पदस्थापन,लोकतन्त्रको महत्वपूर्ण अङ्ग मिडिया- मन्त्री दिपेन्द्रबहादुर थापा

गुरुकुल खबर


पोखरा, नेपाल प्रेस युनियन कास्कीको १० औं जिल्ला अधिवेशनबाट नवनिर्वाचित पदाधिकारी एवं कार्यसमितिको पदस्थापन कार्यक्रम आईतबार सम्पन्न भएको छ । नवनिर्वाचित कार्यसमितिलाई नेपाली कांग्रेसका नेता एवं गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री मन्त्री दिपेन्द्रबहादुर थापाले प्रमाणपत्र वितरण गरेका गरे । निर्वाचन समितिका संयोजक राजबहादुर गुरुङले पद तथा गापनियताको शपथ ग्रहण गराएका थिए ।

जेठ ७ गते भएको नेपाल प्रेस युनियन कास्कीको १० औं जिल्ला अधिवेशनले बासुदेव मिश्रको अध्यक्षतामा सर्वसम्मत रुपमा नया कार्यसमिति चयन गरेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री थापामगरले लोकतन्त्रको लागि मिडिया महत्वपूर्ण अङ्ग भएको बताए। ‘लोकतन्त्रमा मिडिया भएन भने अपाङ्ग मानव जस्तै हुन्छ, त्यसैले लोकतन्त्रको महत्वपूर्ण अङ्ग मिडिया हो, मन्त्री थापाले भने उनले देश विकास र समृद्धिको लागि मिडियाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । निष्पक्ष पत्रकारिताको लागि सबै भन्दा पहिले पत्रकार स्वावलम्बी बन्नुपर्नेमा मन्त्री थापामगरले जोड दिए । उनले गण्डकी प्रदेशलाई पर्यटनको क्षेत्रबाट समृद्धि बनाउन पत्रकारहरुले पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा सहयोग गर्ने समेत आग्रह गरे ।

नेपाल प्रेस युनियनका पुर्व केन्द्रीय उपाध्यक्ष एवं नेपाल सरकारको न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले संचार क्षेत्र संकटमा परेको वर्तमान अवस्थामा गण्डकी प्रदेशका संचारकर्मीहरुले संघियताको अनुभूति गर्न नपाएको भन्दै प्रदेश सरकारले संचार सम्बन्धि एकिकृत कानुन तत्काल ल्याउन र पत्रकारिता क्षेत्रकों विकास, मिडियाको सवलीकरण संगै पत्रकारहरुको योग्यता र क्षमता वृद्दी गर्ने खालका कार्यक्रम संचालन गर्न आग्रह गरे ।

नेपाल प्रेस युनियन कास्कीको पदस्थापन कार्यक्रममा नेपाल प्रेस युनियनका पूर्व उपाध्यक्ष रमेश पौडेल, गण्डकी प्रदेश अध्यक्ष टंक अधिकारी, प्रेस युनियन कास्कीका सल्लाहकारद्वय तारा पाखे र डा। बलराम उपाध्याय रेग्मी, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता तिमिल्सिना, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारी, प्रेस युनियन कास्कीका निवर्तमान अध्यक्ष नविन सिग्देल, नि वर्तमान कार्यवाहक अध्यक्ष रविना आले, ले शुभकामना मन्तव्य राखेका थिए ।

प्रेस युनियनको १० औं जिल्ला अधिवेशनबाट उपाध्यक्ष (खुल्ला) विजय लम्साल, उपाध्यक्ष(महिला) ज्योति हमाल, सचिव धनबहादुर गुरुङ (सुमन), सह–सचिव सपना अधिकारी र कोषाध्यक्षमा नीराजन अधिकारी सर्वसम्मत निर्वाचित भएका थिए ।

यस्तै सदस्यमा अजय क्षेत्री, विवेक ढुङ्गाना, रोवर्ट घिमिरे, सञ्जय आचार्य, शिव प्रसाद न्यौपाने, अभिनन्दन बजिमय, प्रवीण थापामगर, प्रतिभा सापकोटा, बलबहादुर रोकामगर, देवीका तामाङ र सविन विक निर्वाचित भएका थिए ।


१५ जेष्ठ २०८०, सोमबार ०८:४९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
दर्ता नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा