Play

कृषि उत्पादनको वृद्धिलाई प्रदेश सरकारले प्राथमिकतामा राख्ने छ – मुख्यमन्त्री पाण्डे

गुरुकुल खबर


गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कृषि उत्पादनको वृद्धिलाई प्रदेश सरकारले प्राथमिकतामा राख्ने बताउनुभएको छ । बागलुङ नगरपालिकाले आयोजना गरेको ‘हाम्रा ३६५ दिन, सम्मान तथा चियापान’ कार्यक्रमलाई सम्बोधन गर्दै आज बागलुङमा उहाँले प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सामूहिक खेतीलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याइने बताउनुभयो ।

“अहिले भर्खरै हामिले उद्योग चलाउँछौं, रोजगारी सिर्जना गर्छौं भनेर सम्भव छैन्, हाम्रो जमिनको उपयोग र कृषिको उत्पादनबाट हामीले समृद्धिको सुरुवात गर्नुपर्ने छ”, उहाँले भन्नुभयो, “हामीले स्पष्ट नीति नबाएर सहकारी वा समूहमार्फत सामूहिक खेती प्रणालीको सुरुवात गर्छौं, सामूहिक रुपमा व्यावसायिक खेती गर्नेलाई प्रोत्साहन गर्ने कार्यक्रम आगामी वर्ष नै ‘पाइलट प्रोजेक्ट’का रुपमा सुरुवात हुने उहाँले बताउनुभयो ।

स्थानीय तहहरुलाई पकेट क्षेत्र मानेर सोही अनुसारको उत्पादनमा जोड दिने नीतिको तयारीमा प्रदेश सरकार रहेको उहाँको भनाइ थियो । उहाँले प्रदेश सरकार टुक्रे योजना र बजेटलाई नियन्त्रण गर्ने तयारीमा रहेको बताउनुभयो । “अब प्रदेशले कनिका छरेझैं बजेट बाँड्दैन्, स–साना काम गरेनन् भनेर प्रदेशका माननीयलाई गाली नगर्नुहोला”, उहाँले भन्नुभयो, “हामिले स्थानीय तहले नसकेका योजनामा लगानी गर्छौं, जसले दिर्घकालिन महत्व राखुन ।” स–साना टुक्रे काम गर्ने जिम्मेवारी स्थानीय तहको भएको उहाँको धारणा थियो ।

मुख्यमन्त्री पाण्डेले अराजकताको बलमा उदाएका शक्तिहरुले लोकतन्त्र र गणतन्त्रलाई सङ्कटमा धकेलेको आरोप समेत लगाउनुभयो । “जनप्रतिनिधि होस् वा पार्टीको नेतृत्व एक वर्षमा काम ग¥यो गरेन् भनेर मुल्याङ्कन गर्ने होइन, एक वर्षमा त कामको सुरुवात गर्ने दिशा समात्यो कि समातेन भनेर हेर्ने हो”, उहाँले भन्नुभयो । उहाँले बागलुङका प्रदेशसभा सदस्य, प्रतिनिधिसभा सदस्य, पूर्व जनप्रतिनिधि तथा विभिन्न सामाजिक क्षेत्रका ६० जनाभन्दा धेरैलाई सम्मान गर्नुभएको थियो ।

६ जेष्ठ २०८०, शनिबार १४:४९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा