Play

स्याङ्जाको दुई नगरपालिकाबाट पनि श्रम स्वीकृति

गुरुकुल खबर


स्याङ्जा : स्याङ्जाका दुई नगरपालिका वालिङ र भीरकोटले श्रम स्वीकृति सेवा उपलब्ध गराउने कार्यको सुरुवात गर्दै सेवा सुरु गरेका छन् ।

भीरकोटले करिब दुई साताअघि र वालिङले मंगलबारदेखि श्रम स्वीकृति सेवा सुरु गरेको दुवै पालिकाले जनाएका छन्।

यसअघि श्रम स्वीकृति लिनका लागि बिभाग तथा प्रदेश स्तरीय श्रम कार्यालयमा जानुपर्ने बाध्यता थियो। सरकारले यही वैशाख १ गतेदेखि सो सुविधा अनलाइन माध्यमबाट स्थानीय पालिकाबाटै सेवा/सुविधा उपलब्ध गराउन सक्ने जनाएपछि पालिकाबाटै श्रमस्वीकृति सेवा उपलब्ध गराएको वालिङ नगरप्रमुख कृष्ण खाँणले जानकारी दिए।

वैदेशिक रोजगारीका लागि साउदी अरब जान लागेका वालिङका सुजन श्रेष्ठले सो सेवा लिएका छन्। उनी पालिकाबाट सेवा लिने पहिलो सेवाग्राही हुन्।

श्रम स्वीकृतिका लागि विभाग र प्रदेश धाउनुपर्ने वाध्यता हटाएर पालिकालाई जिम्मेवार बनाउँदै सेवा उपलब्ध गराउनु भनेको अत्यन्तै राम्रो निर्णय भएको उनले बताए।

श्रम स्वीकृति पाउनका लागि राहदानी, पासपोर्ट साइजको एउटा फोटो, पारिवारिक विवरण, बैंक खाता ,व्यक्तिगत इमेल आइडी र सम्पर्क मोबाइल नम्बर, रोजगारदाताले दिएको सम्झौतापत्र, भिसाको प्रतिलिपिसहित स्थानीय तहको रोजगार सेवा केन्द्र निःशुल्क अनलाइन आवेदन दिन सकिने प्रावधान छ।

वैदेशिक रोजगार कल्याणकारी कोष, सामाजिक सुरक्षा कोष र बिमा रकम बापत तिर्नुपर्ने शुल्क तोकिएको बैंक खातामा दाखिला गरेपछि श्रम स्वीकृति प्रक्रिया अगाडि बढ्ने र श्रम स्वीकृतिपत्र अनलाइनबाटै हुने बताईएको छ ।

२७ बैशाख २०८०, बुधबार ०६:४७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा