Play

भारतमा पुलबाट बस खस्दा कम्तीमा २१ जनाको मृत्यु

गुरुकुल खबर


नयाँदिल्ली, २६ वैशाख (रासस/एएफपी) ः भारतमा मङ्गलबार एक बस पुलबाट खस्दा कम्तीमा २१ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

बस मध्य प्रदेश राज्यको इन्दोर सहरको दक्षिणमा रहेको सुख्खा नदीको किनारमा करिब छ मिटर तल खसेको थियो । “कम्तीमा २१ जनाको मृत्यु भएको छ,” नाम नबताउने सर्तमा एक वरिष्ठ प्रहरी अधिकारीले भन्नुभयो ।

मृत्यु हुनेमा तीन जना बालबालिका र १० जना महिला रहेको टाइम्स अफ इन्डियाले जनाएको छ । दुर्घटना हुनुअघि बसका चालक (स्टेयरिङ)मा निदाएका र दुर्घटना हुन पुगेको तर बस दुर्घटना भएपछि उनी घटनास्थलबाट भागेका थिए ।

विश्व बैंकले सन् २०२१ मा सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार भारतमा विश्वको करिब एक प्रतिशत सवारी साधन भए पनि सडक दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या ११ प्रतिशत भारतमा छ ।

सोही प्रतिवेदनअनुसार भारतमा वर्षेनी करिब एक लाख ५० हजार कार दुर्घटनामा मृत्यु हुने गरेको छ भने प्रत्येक चार मिनेटमा एक जनाको मृत्यु हुने गरेको छ ।

२६ बैशाख २०८०, मंगलवार २१:५७ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा