Play

वैशाख २१ गते विश्वासको मत लिने गण्डकीका मुख्यमन्त्री पाण्डेको तयारी

गुरुकुल खबर


पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वैशाख २१ गते बिहीबार विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री पाण्डेले बैशाख २१ गते दिउँसो २ बजे आफूले विश्वासको मत लिने तयारी गरेको जानकारी दिए।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले २१ वैशाखमा प्रदेशसभा अधिवेशन बोलाउन प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष सिफारिस गरेको थियो। उक्त सिफारिस अनुसार प्रदेश प्रमुख गुरुङले २१ वैशाखको दिउँसो २ बजे प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन्।

१४ वैशाखमा मुख्यमन्त्री नियुक्त नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेले १५ वैशाखमा शपथ ग्रहण गर्नुका साथै २ जना मन्त्री नियुक्त भएका छन्। पाण्डेले कांग्रेसका २७, नेकपा माओवादीका ७ र एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ ‘दीपक मनाङे’को समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। सोही आधारमा प्रदेश प्रमुख गुरुङले पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका थिए।

१७ बैशाख २०८०, आईतवार २१:५३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा