Play

उद्योग परिसंघ र सामाजिक सुरक्षामन्त्री – विद्यमान अर्थतन्त्र र समस्या समाधानका विषयमा छलफल

गुरुकुल खबर


काठमाडैँ – नेपाल उद्योग परिसंघले नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग छलफल गरेको छ ।

परिसंघले मुलुकको अर्थतन्त्र, श्रम तथा रोजगार क्षेत्रका विषयमा छलफल गरेको हो । मन्त्री भण्डारीलाई बधाई तथा शुभकामना दिँदै परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले विद्यमान अर्थतन्त्र र समस्या समाधानका विषयमा छलफल गरेको हो ।

मागमा आएको उच्च सङ्कुचनका उद्योगी–व्यवसायी नाजुक अवस्थामा रहेको बताउँदै परिसंघका अध्यक्ष अग्रवालले उच्च ब्याजदर, लगानीयोग्य पुँजीको अभावलगायतका कारणले उद्योगी–व्यवसायीको मनोबल निकै खस्किएको र अर्थतन्त्र सुधारका लागि उद्योगी–व्यवसायीहरूको मनोबल बढाउन आवश्यक रहेको बताए । हालको अवस्था थप लम्बिएको अवस्थामा श्रम कटौती गर्नुपर्ने अवस्था आउनेतर्फ उनले मन्त्री भण्डारीको ध्यानाकर्षणसमेत गराएका छन् ।

अर्थतन्त्रलाई चलायमान बनाउन पुँजीगत खर्च बढाउनुपर्ने, खुम्चँदो माग बढाउन हाल लागू गरिएको नीतिगत व्यवस्थामा केही लचकता अपनाइनुपर्ने, अवैध कारोबार रोक्न सीमा क्षेत्रमा कडाइ गरिनुपर्ने लगायतका विषयमा जोड दिएको परिसंघले जनाएको छ । ।

१३ बैशाख २०८०, बुधबार १३:४९ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा