Play

सामुदायिक सेवा केन्द्र वगरको वार्षिकोत्सव, सम्मान तथा वधाइ

गुरुकुल खबर


पोखरा, सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरले आइतबार आफ्नो २० औ वार्षिकोत्सव मनाएको छ ।

कार्यक्रममा भर्खरै सम्पन्न सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका नयाँ कार्य समितिका पदाधिकारी तथा सदस्यरुलाई सम्मान तथा वधाइ ज्ञापन गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगर पालिका वडा नं. १ का वडाध्यक्ष साहारा प्रधानले सामुदायिक प्रहरी सेवाले गरेका हरेक कार्य त्कृष्ट रहेको बताए ।

वडा प्रहरी कार्यालय वगरका प्रमुख प्रहरी निरीक्षक शालिक राम तिमिल्सिना सामुदायिकले गर्ने हरेक कार्यक्रम आफ्नो कार्यालयको तर्फबाट सहकार्य गर्ने प्रतिवद्धता जनाए ।

सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका पूर्व अध्यक्ष तथा सल्लाहकार पुरुषोत्तम श्रेष्ठले हरेक उतार चढावक बीच संस्था यो स्थानमा आएको बताउँदै आगामी दिनमा पनि संस्थाले उल्लेखनिय कार्यक्रमहरु गर्नुपर्ने बताए ।

सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरकी पूर्व अध्यक्ष तथा सल्लााहकार जीवन अधिकारीले समाजमा हुने विकृति विसंगती रोक्नका लागि संस्थाले महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताए ।

सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष रामभूषण पराजुली र सचिव शिवराज अधिकारीले बोलेका थिए । संस्थाले स्थापनाकाल देखिनै विकृति विसंगती न्यूनिकरणका लागि सचेतना कार्यक्रम आयोजना गर्दै आएको छ ।

२३ चैत्र २०७९, बिहीबार १६:१९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा