Play

फोनिज मुस्ताङको अध्यक्षमा थकाली

गुरुकुल खबर


पोखरा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मुस्ताङ शाखाको अध्यक्षमा सुन्दरकुमार थकाली निर्वाचित भएका छन् ।

मंगलबार भएको प्रथम जिल्ला अधिवेसनले थकालीको अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । संघको उपाध्यक्षमा शुशिल थकाली, सचिवमा निरज थकाली, सहसचिवमा सोजन हिराचन र कोषाध्यक्षमा तृस्ना गौचन सर्वसम्मत चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा रुपिका थकाली, यमुना लामा, रिक्साङ गरुङ, समिर थापा र कर्साङ गुरुङ चयन भए । उनीहरुलाई मंगलबार नै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रोशन गाहामगरको उपस्थितीमा पदस्थापन गरिएको छ ।

नवनिर्वाचित अध्यक्ष थकालीले आदिवासी जनजातिको पक्षमा कलम चलाउने प्रतिवद्धता जनाए । मुस्ताङमा आदिवासी जनजातिको बाहुल्यता रहेकाले यससँग सम्बन्धीत संघसंस्थासँग सहकार्य गरेर अघि बढ्ने बताए ।

२३ चैत्र २०७९, बिहीबार १५:३४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा