Play

कांग्रेस कास्कीका क्षेत्रीय सचिव तामांगलाई पितृशोक

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेस कास्की क्षेत्र नं ३ का सचिव मेख बहादुर तामांगलाई पितृ शोक परेको छ ।

तामांगका बुवा जयबहादुर तामांगको ७२ वर्षको उमेरमा आईतबार बिहान निधन भएको हो । विगत ६ महिनादेखि क्यान्सर रोगबाट पिडित तामांग नेपाली कांग्रेसका पुराना कार्यकर्ता पनि हुन ।

उनि २०४९ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट तत्कालीन ल्वाडंघलेल गाविस वडा नं ९ को वडाध्यक्ष निर्वाचित भएर काम गरेका थिए ।

स्व तामांगका श्रीमती र दुई छोरा छन । दुई छोरा मध्ये मेख तामांग कास्की क्षेत्र नं ३ का सचिव संगै पर्यटन व्यवसायी समेत हुन भने अर्को छोरा सुक बहादुर तामांग पनि पर्यटन व्यवसायमा संलग्न छन ॥

मर्दी हिमाल क्षेत्रकों पर्यटन प्रवर्द्धनमा उनिहरुको संलग्नता रहेको छ । स्व जयबहादुर तामांगको अन्त्येष्टि आईतबार उनको गाउं माछापुच्छ्रे गाउं पालिका – ९ सिदिडंमा बौद्ध परम्परा अनुसार गरिने भएको छ ।

उनको निधन भएको खवर पछि अस्पतालमा कास्कीका कांग्रेस नेताहरु गंगाधर पराजुली, आस बहादुर गुरुडं, माछापुच्छ्रे गाउं पालिकाका अध्यक्ष मिन बहादुर गुरुडं, पार्टीका क्षेत्रीय सचिव लक्ष्मी प्रसाद पौडेल, सहसचिव शितल अधिकारी, कोषाध्यक्ष खेमलाल पहारी, वडाध्यक्षहरु राम गुरुडं, राजेन्द्र क्षेत्री, नारायण पौडेल लगायतका नेताहरु पुगेका थिए ।

यसैबिच नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल र कास्की -३ का क्षेत्रीय सभापति मनोज गुरुडं समेतले तामांगको निधनले कांग्रेसले एक अगुवा कार्यकर्ता गुमाएको भन्दै दुख व्यक्त गरेका छन ।

विज्ञप्तिमा कांग्रेस क्षेत्रीय सचिव मेख तामांग समेतका परिवार प्रति गहिरो समवेदना र ब्रह्मलीन आत्माको चीर शान्तिको कामना गर्दै श्रद्धांजली अर्पण गरिएको छ ।

५ चैत्र २०७९, आईतवार १०:४३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा