Play

सामुदायिक सेवा केन्द्र बगरद्वारा अन्नपूर्णमा सचेतना कार्यक्रम

गुरुकुल खबर


पोखरा । अन्नपूर्ण गाँउपालिकामा लैंगिक तथा घरेलु हिंसा सम्वन्धि सचेतना प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ बगरको आयोजनामा आयोजित सो प्रशिक्षणमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी वरिष्ठ नायव निरीक्षक होतबहादुर रोकाहले सहजिकरण गरेका थिए ।

प्रक्षिकण कार्यक्रममा लैगिक हिंसाको परिचय, हिंसा सम्वन्धमा नयाँ मुलुकी एनेमा भएका व्यवस्थाहरु र घरेलु हिंसा सम्बन्धमा नयाँ मुलुकी ऐनमा भएका व्यवस्था र सो सम्वन्धमा घटेका घटनाका बारेमा उजुरी कहाँ र कहिले गर्ने भन्ने बारेमा जानकारी गराइएको थियो ।

विकट क्षेत्रहरुमा घरेलु हिंसाका बारेमा सचेतना जगाउने उद्देश्यले सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवाले यस्ता कार्यक्रम गर्दै आएको अध्यक्ष रामप्रसाद अधिकारीले जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि ज्येष्ठ नागरिक टिकाराम पौडेलले यस्ता खालका कार्यक्रमले गाउमा सचेतना जगाउन मद्दत मिल्ने बताए ।

सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक कमल प्रसाद बास्तोला, सामाजिक वातवरणीय आम समूहकी अध्यक्ष राधिका पौडेलले बोलेका थिए ।
सामाजिक वातवरणीय आमा समूहको व्यवस्थापनमा भएको कार्यक्रममा ६० जनाको सहभागिता रहेको थियो ।

४ चैत्र २०७९, शनिबार २१:०६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा