Play

जलधारे र सक्नेरीमा त्रिदिवसीय उद्घोषण तालिम सम्पन्न

गुरुकुल खबर


पोखरा । पोखरा महानगरपालिका वडा नम्बर–२६ को जलधारे र सक्नेरीमा त्रिदिवसीय उद्घोषण तालिम सम्पन्न भएको छ ।

जलधारे र सक्नेरीमा दुई ठाउँमा छुट्टाछुट्टै आयोजित त्रिवसीय उद्घोषण तालिममा पत्रकार द्वय घनश्याम पाण्डे र सन्देश श्रेष्ठले सहजीकरण गरेका थिए ।

दुबै ठाउँमा आयोजित तालिम समापन कार्यक्रमका प्रमुख अतिथि पोखरा–२६ का वडाध्यक्ष नरेन्द्र थापाले महिलाहरुको व्यक्तित्व र नेतृत्व विकास गर्दै उनीहरुलाई बोल्न सक्ने र कार्यक्रम सञ्चालन गर्न सक्ने बनाउने उद्देश्यले तालिम आयोजना गरिएको बताए ।

कार्यक्रममा वडा सदस्य लक्ष्मी भट्टराई, तीर्थ राजभाट, सुजाता बराल सुनारले सिकेका कुरा व्यवहारमा उतार्न सहभागिहरुलाई आग्रह गरे ।

प्रशिक्षकका तर्फबाट प्रशिक्षक घनश्याम पाण्डेले प्रशिक्षार्थीहरुलाई तालिममा सिकेका कुराहरु आफ्नो दैनिक जीवनमा उतार्न सकेमात्र तालिमको अर्थ हुने बताए ।

प्रशिक्षार्थीहरु सुस्मिता अधिकारी, संगीता परियार, अञ्जना अधिकारी र विमला गुरुङले तालिम अत्यन्तै उपयोगी भएको भन्दै यसलाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाए ।

४ चैत्र २०७९, शनिबार २०:५७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा