Play

गण्डकी प्रदेशका सांसद प्रकाश बराललाई पितृशोक

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेस गण्डकी प्रदेशका सांसद प्रकाश बराललाई पितृशोक परेको छ । उनका पिता लोकराज बरालको ८२ वर्षको उमेरमा फागुन २६ गते साँझ आफ्नै निवास पोखरा -१७ बिरौटामा निधन भएको हो ।

उनी पुम्दीभुम्दीका स्थायी बासिन्दा हुन् । । स्व लोकराजका एक श्रीमतीसहित पाँच छोरा र तीनजना छोरीसहित नाति–नातिना रहेका छन्। एक श्रीमतीको भने पहिल्यै निधन भइसकेको छ ।

पोखराको रामघाटमा शनिवार बिहान उनको अन्त्येष्टि गरिएको छ ।

स्व बराल प्रति अन्तिम श्रद्धांजलि अर्पण गर्न नेपाली कांग्रेस लगायत विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता लगायत विभिन्न क्षेत्रसंग सम्बद्ध व्यक्तिहरु रामघाटमा पुगेका थिए ।

गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुडं, नेपाली कांग्रेसका सहमहामन्त्री जिवन परियार , पुर्व मन्त्री यज्ञ बहादुर थापा, कास्की कांग्रेसका सभापति किशोरदत बराल लगायत कांग्रेस र अन्य दलका नेता कार्यकर्ताहरुपनि अन्तिम श्रद्धांजलिका लागि रामघाटमा पुगेका थिए ।

यसैबिच नेपाली कांग्रेस गण्डकी प्रदेशले एक विज्ञप्ती प्रकाशित गर्दै बराललाई पितृ शोक परेकोमा दुख व्यक्त गरेको छ। नेपाली कांग्रेसका अन्य विभिन्न समितिले पनि बराललाई पितृ शोक परेकोमा दुख व्यक्त गरेका छन ।

२७ फाल्गुन २०७९, शनिबार २२:४८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा