Play

कांग्रेसको शुभेच्छुक संस्था लोकतान्त्रिक उधोग वाणिज्य संघले स्थापना दिवस मनाउने, कास्कीको अध्यक्षमा श्रेष्ठ

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसले पछिल्लो पटक शुभेच्छुक संस्थाको मान्यता दिएको नेपाल लोकतान्त्रिक उधोग वाणिज्य संघले आंफ्नो स्थापना दिवस मनाउने भएको छ ।

गण्डकी प्रदेशको पोखरामा कांग्रेस निकट व्यवसायीहरु संगठित भएर प्रजातान्त्रिक उधोगी व्यवसायी संघको गठन गरेकोमा त्यसको नाम परिवर्तन गर्दै कांग्रेसले नेपाल लोकतान्त्रिक उधोग बाणिज्य संघलाई शुभेच्छुक संस्थाको मान्यता दिएको हो ।

संघको गण्डकी प्रदेशको अध्यक्षमा नेपाल उधोग बाणिज्य महासंघका पुर्व सदस्य तथा लेखनाथ उधोग वाणिज्य संघका पुर्व अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य रहेका छन भने महासचिवमा नेपाल जेसीजका पुर्व उपाध्यक्ष समेत रहेका पोखराका व्यवसायी ईश्वर कर्मचार्य रहेका छन ।

संघले कास्की लगायत गण्डकी प्रदेशका सबै जसो जिल्लामा र पालिका स्तरमा पनि संगठन बिस्तार गर्ने प्रक्रिया अगाडी बढाएकोमा अधिकांश जिल्लामा समिति गठन भैसकेको कर्माचार्यले जानकारी दिए ।

संघले आंफ्नो स्थापना दिवस यही फागुन १८ गते पोखरामा विशेष कार्यक्रमको आयोजना गरि मनाउने निर्णय गरेको छ । स्थापना दिवसमा आयोजना गरिने कार्यक्रमको प्रमुख अतिथि कांग्रेस नेता डा शेखर कोईराला रहने र मुलुकको आर्थिक अवस्था र कांग्रेसले अबलम्वन गर्नुपर्ने आर्थिक नीति विषयमा राष्ट्रिय योजना आयोगका पुर्व सदस्य स्वर्णिम वाग्लेको विशेष प्रस्तुती रहने बताईएको छ ।

कार्यक्रममा संघका गण्डकी प्रदेश अन्तर्गतका विभिन्न जिल्लाबाट सघका सदस्यहरु संगै नेपाली कांग्रेसका प्रदेश सांसदहरु र उधोगी व्यवसायीहरुको सहभागिता रहने कर्माचार्यले जानकारी दिए ।

यसै बिच संघको कास्की जिल्ला समिति र नेपाली कांग्रेसका पदाधिकारीहरु समेतको संयुक्त बैठक पनि मंगलवार सम्पन्न भएको छ । बैठकले आगामी दिनमा नेपाली कांग्रेस संग सहकार्य गरेर गतिविधि अगाडी बढाउने निष्कर्ष निकालेको छ ।

बैठकमा कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले नवगठित समितिलाई बधाई दिंदै पार्टी संग समन्वय। गरेर काम गर्न र आवश्यक परेको सहयोग पार्टीबाट लिन आग्रह गरे ॥

त्यस क्रममा कास्की कांग्रेसका सचिव भानु ढकाल, सहसचिव शंकर ढुंगाना लगायतले आआफ्नो भनाई राखेका थिए ।

नेपाल लोकतान्त्रिक उधोग बाणिज्य संघको कास्की जिल्ला अध्यक्षमा पुरुषोत्तम श्रेष्ठ, उपाध्यक्षमा कुल प्रसाद अधिकारी र यामनाथ तिमिल्सिना,सचिवमा रामेश्वर अधिकारी, सहसचिवमा सन्ध्या दाहाल र कोषाध्यक्षमा कुश कार्की रहेका छन । समितिमा केही सदस्यहरु मनोनित गरेर पुर्णता दिन बाँकी रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

नेपाली कांग्रेस कास्की जिल्ला सदस्य एवं शुभेच्छुक संस्था समन्वय समितिका संयोजक गंगाधर पराजुलीले लोकतान्त्रिक उधोग बाणिज्य संघ सहित पार्टीका सबै शुभेच्छुक संस्थाहरु संग समन्वयात्मक ढंगले काम गर्न आंफु र आंफ्नो समिति प्रयासरत रहेको जानकारी त्यस अवसरमा दिएको थिए ।

९ फाल्गुन २०७९, मंगलवार २३:५७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा