Play

म्याराथनको खेलाडी दर्ता समय थप

गुरुकुल खबर


पोखरा । पोखराको म्याराथनको खेलाडी दर्ता समय थप गरिएको छ । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले आयोजना गर्ने १७ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनको खेलाडी दर्ता समय थप गरेको हो ।

माघ २९ गते सम्म दर्ता मिति रहेकोमा आज बाट फागुन ३ गते सम्मका लागि थप गरिएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिएका छन् ।

विभिन्न जिल्लाका धावकहरु पोखरा म्याराथनमा आउन चाहना राखेकोले दर्ता समय थप गरिएको बताउँदै पोखरा म्याराथन अन्तर्गत हुने ७ वटा इभेन्टहरु एकै पटक एकै समयमा हुने बताए । उनले भने–“पोखराकै व्राण्डको रुपमा रहेको पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा दर्ता गर्नेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । अध्यक्ष पराजुलीले भने पूर्व मेची देखि महाकाली सम्म सातै प्रदेशबाट धावकहरु आउन चाहेका छन् । हामीले सोही अनुरुप फागुन ३ गते सम्मका लागि समय थपेका छौं ।”

पोखरा म्याराथन नेपालकै जेठो म्याराथन हो भने सर्वाधिक पुरस्कार राशीको म्याराथन समेत हो । आयोजकले पुरस्कारका लागि मात्रै १७ लाख ५२ हजार खर्च गर्दैछ भने दौड पुरा गर्नेलाई फिनिशर मेडल समेत प्रदान गर्दैछ ।

पोखरा म्याराथनका लागि मञ्चले प्रचारात्मक अभियानलाई तिव्र पारेको छ ।

२९ माघ २०७९, आईतवार २१:३५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा