पोखरा । पोखराको महेन्द्रपुलमा आइतबार दिउँसो कार दुर्घटना हॅुदा कारचालक सहित ३ जना घाइते भएका छन् ।
दुर्घटनापरि कार चालक तनहुँका डा. चन्द्रबहादुर थापा र कारको ठक्करले २ पैदलयात्रु घाइते भएका छन् । म्याग्दीको धौलागिरि गाउँपालिकाकी वर्ष ५२ की कुलमाया बिक र उनका १८ वर्षीय छोरा विष्णु बिक घाइते हुन् । उनाहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल उपचार भइरहेको प्रहरीको भनाई छ । २ जनाकै अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
बा १३ च २६६२ नम्बरको निजीकार पार्किङबाट ब्याक गरेर निकाल्नेक्रममा महेन्द्रपुलको दक्षिणतर्फको रेलिङमा ठोक्किर दुर्घटनामा परेको थियो ।
कारको अगाडि भागले महेन्द्र पुलको रेलिङ भत्काएर केही भाग पुल बाहिर पुगेको थियो ।
२९ माघ २०७९, आईतवार २०:०६ मा प्रकाशित