Play

महेन्द्रपुलमा कार दुर्घटना, तीन जना घाइते, दुईको अवस्था गम्भीर

गुरुकुल खबर


पोखरा । पोखराको महेन्द्रपुलमा आइतबार दिउँसो कार दुर्घटना हॅुदा कारचालक सहित ३ जना घाइते भएका छन् ।

दुर्घटनापरि कार चालक तनहुँका डा. चन्द्रबहादुर थापा  र कारको ठक्करले २ पैदलयात्रु घाइते भएका छन् । म्याग्दीको धौलागिरि गाउँपालिकाकी वर्ष ५२ की कुलमाया बिक र उनका १८ वर्षीय छोरा विष्णु बिक घाइते हुन् । उनाहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल उपचार भइरहेको प्रहरीको भनाई छ । २ जनाकै अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

बा १३ च २६६२ नम्बरको निजीकार पार्किङबाट ब्याक गरेर निकाल्नेक्रममा महेन्द्रपुलको दक्षिणतर्फको रेलिङमा ठोक्किर दुर्घटनामा परेको थियो ।

कारको अगाडि भागले महेन्द्र पुलको रेलिङ भत्काएर केही भाग पुल बाहिर पुगेको थियो ।

२९ माघ २०७९, आईतवार २०:०६ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा