Play

शिवरात्रीमा परोपकार सर्वेश्वर नारी समुहको भजन प्रतियोगिता हुने

गुरुकुल खबर


पोखरा । पोखरा महानगरपालिका—४ गैँहपाटनमा रहेको परोपकार सर्वेश्वर नारी समूहले महाशिवरात्री पर्वको अवसरमा खुला भजन प्रतियोगिता गर्ने भएको छ ।

धर्म संस्कृतिको संरक्षणको लक्ष्य सहित आउदो फागुन ६ गते शिवरात्री पर्वका दिन गैँहपाटनस्थित सर्वेश्वर महादेव मन्दिरको प्राङगणमा भजन प्रतियोगिता गर्न लागिएको नारी समूहका अध्यक्ष मीनु कोइरालाले जानकारी दिइन् ।

केही वर्ष यता कोरोना महामारीका कारण रोकिएको सो भजन प्रतियोगिताको विजेता समुहले रु ३० हजार, द्धितीयले रु २० हजार, तृतीय हुने टोलीले रु १५ हजार र सान्त्वना हुनेले रु सात हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी नृत्य र भेषभुषामा उत्कृष्ट हुनेलाई रु तीन हजार ५०० सयका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको र नेपाली मौलिक संस्कृति तथा पर्वहरु हराउँदै जाने अवस्थालाई न्यूनीकरण गरी नयाँ पुस्तालाई संस्कृतिको संरक्षणमा अग्रसर गराउन समेत प्रतियोगिताले मद्धत पुग्ने विश्वास आयोजकको छ ।

प्रतियोगिता सम्पन्न गर्न रु तीन लाख चार हजार खर्च लाग्ने नारी समुहका कोषाध्यक्ष रचना कोइरालाले बताउनुभयो । स्थानीय सरकार, विभिन्न संघ सस्था तथा व्यक्तिबाट सहयोग संकलन गरेर खर्चको व्यवस्था गरिने बताइन्छ ।

विसं २०५२ मा स्थापना भएको सर्वेश्वर नारी समुहले शिवरात्री सहित तीज पर्वमा खुला प्रतियोगिता सहित महिला सशक्तिकरणका लागि विभिन्न सीपमुलक तालिम सहित सामाजिक कार्यहरु गर्दै आएको सचिव सचिव इनु कोइरालले जानकारी दिईन् ।

२४ माघ २०७९, मंगलवार २१:४१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा