Play

प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण

गुरुकुल खबर


पोखरा, प्रगतिशील पत्रकारहरुको संस्था प्रेस चौतारी नेपालले २५ औं स्थापना दिवसको अवसरमा देशभर विविध कार्यक्रम गरी मनाएको छ । प्रेस चौतारी नेपाल गण्डकी प्रदेश कमिटि र कास्की शाखाले पनि संयुक्त रुपमा बालगृहमा आश्रित बालबालिकालाई स्टेशनरी सामाग्री वितरण गरी स्थापना दिवस मनाएको छ ।

केन्द्रीय कमिटीले रचनात्मक काम गरेर दिवस मनाउन निर्देश गरे अनुसार आइतबार पोखरा–१७ महतगौंडास्थित सृजना बालगृहमा संरक्षित १२ जना बालबालिकालाई १३ हजार मूल्य बराबरको स्टेशनरी सामाग्री वितरण गरेका हुन् । विद्यार्थीलाई आवश्यक पर्ने विभिन्न प्रकारका कापी, कलम, सिसाकलम, रङ, ज्यामितिय बाकससहितका पाठ्यसामाग्री वितरण गरिएको हो ।

प्रमुख अतिथि प्रेस चौतारी कास्कीका संस्थापक अध्यक्ष प्रेस स्वतन्त्रता सेनानि पुण्य पौडेलले चौतारीका सदस्यले आफ्नो स्थापना दिवसका अवसरमा बालगृहमा संरक्षित बालबालिकालाई शिक्षामा सहयोग पुग्ने गरी गरेको कार्य महान रहेको बताए । उनले सानो काम भएपनि यसको सन्देश ठूलो रहेको उल्लेख गरे ।

सृजना विकास केन्द्रका अध्यक्ष कृष्णबहादुर थापाले पत्रकारले सामाजिक काममा सक्रियता देखाएको भन्दै खुशी व्यक्त गरे ।
चौतारी गण्डकीका अध्यक्ष ईन्द्रप्रसाद पौडेलको अध्यक्षतमा भएको कार्यक्रममा बालगृह संयोजक सोमनाथ बरालले स्वागत एवं कास्की शाखा अध्यक्ष अर्जुन गिरीले कार्यक्रम माथि प्रकाश र सचिव रञ्जन अधिकारीलेसञ्चालन गरेका थिए ।

संगठन केन्द्रीय सचिव एवं प्रदेश ईञ्चार्ज सुष्मा पौडेल, केन्द्रीय सदस्य एवं कास्की इन्चार्ज रुद्र श्रीस मगर, पूर्व अध्यक्ष श्याम कुँवर, अग्रज दीपेन्द्र श्रेष्ठ लगायतले विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गरे ।

 

२४ माघ २०७९, मंगलवार १९:५३ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा