काठमाडौँ, नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला तर्फको सहमहामन्त्री पदमा जारी मतगणनामा रामहरि खतिवडाले अग्रता लिएका छन्। सहमहामन्त्रीमा खुल्ला तर्फको दुई पदका लागि भएको मतगणनामा रामहरि खतिवडाले सुरुआती अग्रता कायम छ।
कुल १६८९ मत गणना सकिँदा खतिवडाले सर्वाधिक ७६८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी अजय शिवाकोटीले ५४८ मत ल्याएर दोस्रो स्थानमा पछ्याइरहेका छन्।
त्यसैगरी डिल्लीराज सुवेदीले ४३९ मत प्राप्त गरेका छन् भने देवेन्द्र राज कडेलले ३३४ मत ल्याएका छन्। अन्य उम्मेदवारहरूमा विकास कोइरालाले २८४ मत, रमेश प्रसाद धमलाले २०५ मत र अमृत कुमार अर्यालले १७६ मत प्राप्त गरेका छन्। मतगणनाको पछिल्लो परिणाम अनुसार विमलराज क्षेत्रीले ६१ मत ल्याएका छन्।













