Play

डुलुवाको नयाँ कार्यसमिति, अध्यक्षमा योगेश भट्टराई

गुरुकुल खबर


पोखरा, डुलुवाको दोस्रो अधिवेशन तथा तेस्रो वार्षिक साधारणसभबाट योगश भट्टराई अध्यक्षमा निवाचित भएका छन् । गोरखा जिल्लाको अजिरकोट गाउँपालिकास्थित होमस्टेमा सम्पन्न अधिवेशनले योगेश भट्टराई अध्यक्ष रहेको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा सुनिल बहादुर भट्टराई, सचिबमा ठाकुर प्रसाद बराल, कोषाध्यक्षमा विकास भट्टराई, सदस्यहरुमा अनिल केसी, विशेष थापा, सरोज भट्टराई, बसन्त महत, घनश्याम गौतम, भरत प्रसाद तिमिल्सिना र अभित थापालाई चयन गरिएको छ ।

अधिबेसनको उद्घाटन गर्दै दीपेन्द्र पहारीले डुलुवाले नेपालका विभिन्न नयाँ तथा ओझेलमा परेका गन्तव्यको खोजी, पहिचान र प्रवर्द्धन गर्दै आएको बताए । उनले नयाँ गन्तव्यलाई समुदायसँग जोड्दै प्रवर्द्धन गर्ने डुलुवाको अभियानले नेपालको पर्यटन विकासमा सकारात्मक योगदान पुर्‍याउएको बताए ।

कार्यक्रममा उपाध्यक्ष सुनील बहादुर भट्टराईले स्वागत, सचिव ठाकुर प्रसाद बरालले संस्थाको प्रगति प्रतिवेदन, कोषाध्यक्ष विकास भट्टराईले आर्थिक प्रतिवेदन साधारण सभाले पारित गरेको छ । संस्थाका अग्रज सदस्य भरत प्रसाद तिमिल्सिनाले संस्थासँगको अनुभव तथा यात्राबारे मन्तव्य राखेका थिए । कार्यक्रममा अध्यक्ष योगेश भट्टराईले संस्थाका गतिविधिमा साथ, सहयोग गर्नेलाई धन्यवाद दिँदै आगामी दिनमा पनि नयाँ गन्तव्यको खोजी, प्रवर्द्धनमा निरन्तरता दिने बताए ।

२ आश्विन २०८३, शुक्रबार २०:४२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा