पोखरा, गण्डकी प्रदेश अन्तर्गत नवलपुर जिल्लाको गैंडाकोटमा रहेको जयश्री फुड्स प्रालिले हालै रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण प्रभावितहरुको लागि नगद र जिन्सी सहयोग गरेको छ।
कम्पनीले जनाए अनुसार प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ को साथै ५ हजार किलो चिउरा सहयोग गरेको कम्पनीका महाप्रबन्धक अमित अग्रवालले गुरुकुल खबरलाई जानकारी दिए ।
जय श्री फुड्सका सञ्चालक पवन अग्रवालले अर्थ मन्त्रालयमा पुगेर अर्थमन्त्री स्वर्णिम वाग्लेलाई कम्पनीले गरेको सहयोगको बारेमा जानकारी गराइएको पत्र हस्तान्तरण गरेका थिए।

अर्थमन्त्री वाग्लेलाई आंफ्नो कम्पनिले गरेको सहयोगको बारेमा जानकारी दिने क्रममा अग्रवालले रसुवाको भोटेकोशीमा आएको आकस्मिक बाढीका कारण ज्यान गुमाएकाहरु प्रति श्रद्दान्जली अर्पण गर्नुको साथै परिवारजनमा गहिरो समबेदना व्यक्त गरेका थिए।
उनले बेपत्ता भएकाहरुको आँफन्तको पिडामा साथ रहेको उल्लेख गर्दै भबिष्यमा पनि कम्पनीले यस किसिमको संकट र बिपत्तीमा मानबिय सहयोग गर्ने कार्यलाई निरन्तरता दिने प्रतिबद्दता व्यक्त गरेका थिए।
जयश्री फुड्स प्रालिले बिशेष गरि भान्साघर चामल, चिउरा, आटा, मैदा र सुजीको उत्पादन गर्दै आएको छ। जस मध्ये भान्साघर चामल अधिकांश नेपालीहरुले मन पराउने ब्राण्डको चामल हो भान्साघर लंगग्रेन चामल पोखरा क्षेत्रमा पनि निकै प्रशिद्ध छ।
जयश्री फुड्सका संचालक पवन अग्रवालले कम्पनीले बिभिन्न बिपत्तिमा परेका र असहाय एबम अशक्त मानिसहरुलाई बारम्बार सहयोग गर्दै आएको र आगामी दिनमा पनि यस किसिमको सहयोग जारी राख्ने बताए।















