Play

पोउबासंघमा अध्यक्षका उमेदवार पोखरेलको जोड : ग्रेटर पोखराको रुपमा संघको बिस्तार र पोखराको प्रबर्द्दन

गुरुकुल खबर


पोखरा, पोखरा उधोग बाणिज्य संघको आसन्न अधिबेशनमा अध्यक्ष पदका उमेदवार अर्जुन पोखरेलले लागि व्यावसायिक हितको रक्षा गर्नु आंफ्नो प्रमुख दायित्व भएको स्पष्ट पार्दै आफ्नो जीवनको अमूल्य समय खर्च गरेको ब्यबसायिक क्षेत्र र पोखरा उधोग बाणिज्य संघको हितमा सक्रिय रहने बताएका छन । उनले एक अपिल सार्बजनिक गर्दै पोउबासंघको नेतृत्वमा सीप, उद्यम र बजारबीचको तादात्म्यता मिलाउनको लागि दिगो मोडेल विकास गरिने जनाएका छन।

यस अगाडी दुई पटकसम्म अध्यक्षको चुनाबमा पराजय भोगेको भएपनि तेश्रो पटक अध्यक्षको लागि प्रतिष्पर्धामा उत्रिएका पोखरेलले भनेका छन, ‘अघिल्ला दुई निर्वाचनमा चुनावी नतिजा मेरो अनुकुल आएन तर पनि ब्यबसायीहरुका साझा मुद्दाबाट म टाढा भएको छैन र मेरो निष्ठाको यात्रामा कहिल्यै पूर्णविराम हुँदैन।’

व्यवसाय सञ्चालन गर्नु आफैंमा एउटा चुनौती हो र वर्तमान अवस्थामा यो अझ बढी चुनौतीपूर्ण बनेको कुरा सबैले महशुस गरेको बिषय हो भन्दै पोखरेलले एक अपिल मार्फत सार्बजनिक गरिएको आंफ्नो प्रतिबद्दतामा पोखरा उद्योग वाणिज्य संघ ग्रेटर पोखराको अवधारणा अनुसार विस्तारित हुनुपर्ने खाँचो औंल्याउँदै विश्वव्यापी बजारमा पोखरा क्षेत्रको प्रबर्द्दनको लागि निजी क्षेत्रको नेतृत्वदायी भूमिका स्थापित गर्ने उल्लेख छ।

आधुनिक पोखराको भाग्य र भविष्यको गेट–वे  पोखरा विमानस्थल भएकोले  पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि राज्यका निकायहरूसँग निरन्तर व्यावसायिक संवाद र दबाब कायम राख्ने कुरालाई उनले प्राथमिकतामा राखेका छन। अन्तर्राष्ट्रिय क्षेत्रसँग सम्बन्ध स्थापित गर्न व्यावसायिक दूत परिचालन गर्ने, माइस टुरिज्म मार्फत द्धिपक्षीय अनुभव आदान प्रदानका कार्यक्रम नियमित गर्ने कुरामा पनि उनको जोड छ ।

पोउबासंघलाई साना, मझौला र ठूला तीनै तहका उद्योगी व्यावसायीको साझा घर बनाउने, सबैको आवाज समान रूपमा सुनिने प्रणालीको विकास गर्ने, साना तथा घरेलु उद्योगहरूलाई वित्तीय पहुँच र बजार सुनिश्चितता प्रदान गर्न विशेष कार्यक्रमहरू सञ्चालन गर्ने समेत उनको अपिलमा उल्लेख छ।

यसैगरी व्यवसाय सञ्चालनका क्रममा आइपर्ने कानुनी, प्रशासनिक तथा नीतिगत अड्चनहरू हटाउन संघको तर्फबाट सशक्त पैरवी गर्ने, विभिन्न नाममा निजी क्षेत्रमाथि भैरहेको धरपक्कडलाई संवाद मार्फत समाधानको पहल गर्ने र दिनानुदिन विदेश पलायन भइरहेको ऊर्जावान् युवा जनशक्तिलाई पोखरामै रोक्न र उद्यमशीलतामा आकर्षित गर्न विशेष पहल गर्ने उनको सोच छ । यसका लागि पोखरा उद्योग वाणिज्य संघको नेतृत्वमा सीप, उद्यम र बजार बीचको तादात्म्यता मिलाउनको लागि दिगो मोडेल विकास गरिने समेत उनेल जनाएका छन ।

पोखरेलसंगै अन्य तीनजनाले अध्यक्ष पदमा उमेदवारी दिएको छन जसमध्ये हालका उपाध्यक्ष बलराम आचार्यले पदाधिकारीहरु सहितको संयुक्त प्यानल बनाएर चुनाबी अभियानमा सक्रिय भएका छन। यसैगरी हालका महासचिब शोभा गौतमले पनि पदाधिकारीको छुट्टै प्यानल लिएर चुनाबी अभियानमा जुटेकी छन। अध्यक्ष पदका अर्का उमेदवार तथा हालका बरिष्ठ उपाध्यक्ष उत्तममान बुद्दाचार्य र पुर्व महासचिब/ उपाध्यक्ष अर्जुन पोखरेल भने प्यानल बिना नै चुनाबी प्रतिष्पर्धामा जुटेका छन ।

उनले आँफु किन चुनाब लड्न लागेको भन्ने स्पष्ट पार्न अपिल सार्बजनिक गरेका हुन..

१० भाद्र २०८३, बुधबार ०८:४५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा