Play

पोखराको झुप्राङकोट प्राबिका बिधार्थीलाई पोखरा भ्याली रोटरी क्लबद्वारा शैक्षिक सामग्री वितरण

गुरुकुल खबर


पोखरा, रोटरी क्लब पोखरा भ्यालीको आयोजना तथा चिल्ड्रेन नेपालको सहयोगमा पोखरा महानगरपालिका–१६, अर्मलाको गर्ल्याङमा रहेको झुप्राङकोट प्राथमिक विद्यालयमा शैक्षिक सामग्रीहरु वितरण गरिएको छ। रोटरी क्लब पोखरा भ्यालीका अध्यक्ष नवीनराज बरालको अध्यक्षतामा आयोजित एक कार्यक्रममा विद्यालयका विद्यार्थीहरूलाई विभिन्न शैक्षिक सामग्री वितरण गरिएको थियो।

विद्यालयका विद्यार्थीहरूलाई प्रत्यक्ष लाभ पुग्ने गरी गरिएको शैक्षिक सामग्री सहयोगले विद्यालयको शैक्षिक वातावरणमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।  कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष बरालले विद्यार्थीहरूको लागि क्लबले उपलब्ध गराएको सहयोग सानो भएपनि विद्यार्थीहरूको शैक्षिक विकास तथा सिकाइमा सहयोग पुग्ने भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १६ की कार्यवाहक वडा अध्यक्ष मञ्जु नेपालीले रोटरी क्लब पोखरा भ्यालीले बिधार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरेकोमा खुसि प्रकट गर्दै वडा कार्यालयले गर्नुपर्ने कतिपय सामाजिक कार्यमा रोटरीजस्ता सामाजिक संस्थाले समेत सहयोग पुर्‍याउँदै आएको बताइन।

कार्यक्रममा चिल्ड्रेन नेपालका निर्देशक डिल्लि प्रसाद शर्मा , क्लबका निबर्तमान अध्यक्ष विजयराज आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ननमाया गुरुङ, प्रधानाध्यापक बिष्णुप्रसाद अधिकारी , कृष्णहरि पौडेल र सुशील राज पराजुलीलगायतले आआफ्नो भनाई राखेका थिए। वक्ताहरूले शिक्षा, स्वास्थ्य, वातावरण तथा अन्य सामाजिक क्षेत्रमा रोटरीले पुर्‍याउँदै आएको योगदानको चर्चा गर्दै समुदायको आवश्यकता पहिचान गरी समाजमा सेवाका कार्यक्रमहरु रोटरीले सञ्चालन गर्दै आएको बताए।

४ भाद्र २०८३, बिहीबार २१:१७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा