Play

बुद्ध विशालबजारका ब्यापारीको साधारणसभा, ब्यापारी र ग्राहकको सम्बन्ध सुमधुर हुनुपर्नेमा मन्त्री गुरुङको जोड

गुरुकुल खबर


पोखरा,  पोखराको महेन्द्रपुलस्थित बुद्ध बिशाल बजार भवनमा व्यापार ब्यबसाय गर्दै आएकाहरुको संस्था बुद्ध विशाल बजार व्यापारिक एसोसियसनको २८ औ साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गदै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरूङले  ब्यवसायीले आफ्नो ब्यवसायलाई सबल र सुदृढ गर्ने सकेमा देशको आर्थिक विकासमा सहयोग पुग्ने बताइन।

उनले अहिलेको समयमा ग्राहक र ब्यवसायीबीच सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड दिंदै प्रदेशको आर्थिक गतिविधिमा बुद्व विशाल बजारको ठूलो योगदान रहेको समेत बताईन् ।

पोखरा महानगरपालिका-  ४ का वडाअध्यक्ष देवकृष्ण पराजुलीले आफू सधैं व्यवसायीको साथमा रहेको बताउँदै व्यवसायीहरूले पनि महानगरपालिकासँग समन्वय गरेर काम गर्न आग्रह गरे

पोखरा उधोग वाणिज्य संघका अध्यक्ष गोर्कण कार्कीले आंफ्नो पोखरा उधोग बाणिज्य संघको कार्यकाल अन्तिममा पुगेको बताउंदै यहि भदौ २० र २१ गते हुन लागेको पोखरा उधोग वाणिज्य संघको अधिवेशनमा ब्यबसायीहरुले सक्षम व्यक्तित्वलाई जिताउन आग्रह गरे ।

एसोसियसनका पूर्व अध्यक्ष एव‍ मानार्थ सदस्य केशव बहादुर खत्रीले व्यवसाय नविकरण र नयाँ व्यवसायीको ब्यवसाय दर्ता गर्ने प्रक्रिया सहज रूपमा गर्ने वातावरण बनाउन स्थानीय सरकार समक्ष आग्रह गरे ।

एशोसियसनका पूर्व अध्यक्ष प्रजन कुमार थापाले व्यवसायीहरु बिच एक आपसमा समन्वय गरी अगाडी बढ्न सके मात्र व्यवसायीहरुको व्यवसायले सफलता पाउने बताए ।

संस्थाका अध्यक्ष बुद्वी बहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष छविलाल गौतम, एसोसियसनका उपाध्यक्ष मनोहरि पौडेल, सचिव शान्ति श्रेष्ठ जोशी, कोषाध्यक्ष गोविन्द दाहाल लगायतले संस्थाका बिबिध गतिबिधि र कपडा व्यवसायीका समस्याको बारेमा बोलेका थिए ।

साधारण सभामा एसोसिएसनका पुराना व्यवसायीहरू र एसोसिएसनमा आबद्ध व्यवसायीका छोराछोरीमध्ये प्लस टु, स्नातक ,स्नातकोत्तरमा उत्कृष्ट अंक ल्याउने बिधार्थीहरु र एशोसियसनका सदस्यहरूलाई सम्मान गरिएको थियो ।

३० श्रावण २०८३, शनिबार १६:४३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा