Play

‘मोडल हन्ट नेपाल’को उपाधि परन्तप र लिजालाई, दुबैले कम्बोडियामा नेपालको प्रतिनिधित्व गर्ने

गुरुकुल खबर


काठमाडौं, ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र लिजा श्रेष्ठले जितेका छन्। शनिबार काठमाडौँमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा भण्डारी पुरुष र श्रेष्ठ महिला विधातर्फ विजेता घोषित भएका हुन्। विजेताले नगद पुरस्कारसँगै आगामी डिसेम्बरमा कम्बोडियामा आयोजना हुने ‘मिस एन्ड मिस्टर सेलिब्रेटी इन्टरनेसनल’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्।

भण्डारीले ‘बेस्ट वाक’, ‘बेस्ट फिजिक्स’ र ‘बेस्ट फिगर’को उपाधिसमेत हात पारे भने श्रेष्ठ ‘कमर्सियल मोडल’ घोषित भइन्। पुरुषतर्फ अनुस्कृत न्यौपाने प्रथम र सुशान्त प्रजापति दोस्रो रनरअप भए। महिलातर्फ प्रियंका ओली प्रथम र खुसी बोहरा दोस्रो रनरअप घोषित भए।

प्रतियोगितामा २६ महिला र १६ पुरुष गरी ४२ प्रतियोगीले अन्तिम चरणमा प्रतिस्पर्धा गरेका थिए। ‘मोस्ट पपुलर’मा मनिष ओली र काया थापा, ‘मोस्ट स्टाइलिस’मा सुशील थापा मगर र काया थापा तथा ‘बेस्ट पर्सनालिटी’मा अनुष सक्सेना र उगेश्ना तिमल्सिना चयन भए।

त्यस्तै, ‘बेस्ट वाक’ अस्निका ठकुरी, ‘पब्लिक च्वाइस’ सुशान्त प्रजापति र प्रियंका ओली, ‘मोस्ट फोटोजेनिक’ सुशान्त प्रजापति र कृशला संगत तथा ‘बेस्ट फिजिक्स’ र ‘बेस्ट फिगर’ सिम्रन कार्कीले जितिन्। अनुस्कृत न्यौपाने ‘कमर्सियल मोडल’ र सृष्टि न्यौपाने ‘बेस्ट कन्टेन्ट क्रिएटर’ घोषित भइन्।

प्रतियोगिताको निर्णायकमा माल्भिका सुब्बा, प्रशान्त ताम्राकार, राजभाई सुवाल, हिमाञ्चल राज केसी, विनय जोशी, रमिला नेम्कुल र मनिष राई थिए। प्रतियोगिताको यो दसौं संस्करण हो। मुख्य प्रायोजक ‘नोथिङ स्मार्ट फोन’ रहेकाले यसपटक प्रतियोगिता ‘नोथिङ स्मार्ट फोन मोडल हन्ट नेपाल २०२६’ नामबाट आयोजना गरिएको आयोजकले जनाएको छ।

प्रतियोगीलाई व्यक्तित्व विकास, शारीरिक बनावट, र्‍याम्प वाक, बडी ल्याङ्ग्वेज, फोटोसुट र एक्सप्रेसनलगायत विषयमा प्रशिक्षण तथा ग्रुमिङ दिइएको आयोजक नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले बताइन्।

अन्तर्राष्ट्रिय स्तरको ज्ञान र सीपसहित देश तथा विदेशका विभिन्न प्लेटफर्ममा अवसर पाउन सक्ने व्यावसायिक मोडल उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता विगत १० वर्षदेखि आयोजना हुँदै आएको आयोजकको भनाइ छ।

पछिल्लो समय मोडलिङप्रति युवायुवतीको आकर्षण बढ्दै गएको र प्रतियोगिताले यस क्षेत्रमा प्रवेश गर्न चाहनेलाई अवसर तथा प्लेटफर्म उपलब्ध गराउँदै आएको नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए।

कोरियोग्राफर सबिता कार्की र मेन्टर अजय गुरुङ रहेको प्रतियोगितामा मनिष राई, कासा, मर्स्याङ्दी, सरिता अटायर र विमिन्स प्लानेटले फेसन डिजाइनमा सहकार्य गरेका थिए। र्‍याम्प शो तथा विभिन्न सांगीतिक प्रस्तुतिसहित प्रतियोगिताको अन्तिम कार्यक्रम सम्पन्न भएको थियो।

  • तस्बिर – सुदीपराज वन्त

२४ श्रावण २०८३, आईतवार १९:४३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा