Play

तीनवटा प्रज्ञा प्रतिष्ठानमा कास्कीबाट १० जनाको नियुक्ति: कुमार, ब्रजेश र एरिनालाई प्रतिष्ठानको कुलपतीको जिम्मा

गुरुकुल खबर


पोखरा, नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान गरि तिनवटा प्रतिष्ठानको नयाँ नेतृत्व र प्राज्ञ सदस्यमा गरिएको नियुक्तिमा कास्की जिल्लाबाट बिभिन्न विधाका १० जना जनालाई जिम्मेवारी दिईएको छ । जसअनुसार नेपाल प्रज्ञा प्रतिष्ठानमा तीर्थ गुरुङ, दीपक समीप, शंकरमणि त्रिपाठी, तुलसी प्रभासले जिम्मेवारी पाएको छन भने नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा दलबहादुर गुरुङ, नारायण गुरुङ र इसान परियार एबम नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा दीपक पराजुली, विनोद बानिया, मोतीबहादुर कार्की ‘परिवर्तन’ प्राज्ञ सभा सदस्य बनेका छन् ।

तिनवटै प्रतिष्ठानका कुलापतीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति कुमार नगरकोटी, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति ब्रजेश खनाल र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी कुलपति एरिना ताम्राकारले शपथ लिएका हुन् ।उनीहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले शपथ गराएका थिए । शपथपछि तीनवटै प्रतिष्ठानका कुलपतीले  सम्बन्धित प्रतिष्ठानमा गएर पदबहाली गरेका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल गनेशको अध्यक्षतामा गठित सिफारिस समितिको सिफारिसमा नयाँ पदाधिकारी तथा सदस्यहरु नियुक्त गरिएको हो । प्रधानमन्त्रीको साउन १९ र २० गतेको निर्णयअनुसार उनीहरुलाई बिभिन्न पदमा नियुक्त गरिएको बताइएको छ ।

जसअनुसार सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा सिन्धुलीका कुमार नगरकोटी, उपकुलपतिमा पर्वतका अविनाश श्रेष्ठ र सदस्य सचिवमा रुपन्देहीका रोशन शेरचनलाई नियुक्त गरेको छ  शेरचनले केहि समय पोखरामा रहेर साहित्यिक कर्म गरेका थिए  । प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्यमा काठमाडौंकी प्रतिसरा मानन्धर, दाङका कृष्णराज चौधरी, तेह्रथुमकी सीता सुब्बा, कास्कीका तीर्थ गुरुङ, सिराहाकी रुपा कुमारी, दाङका नवीन नेपाली, काभ्रेका दीपक सापकोटा र सुर्खेतका दुर्गाबहादुर घर्ती छन् ।

प्राज्ञसभा सदस्यका रूपमा सरस्वती पन्त, रौतहटकी रेणु कुमारी, पोखराका तुलसी प्रभास र दीपक समीप, रसुवाका खगेन्द्र गुरुङ, मकवानपुरकी अनिता न्यौपाने, चितवनका परिवेश चापागाईं, धनकुटाका रोशन परियार, कास्कीका शंकरमणि त्रिपाठी, सुनसरीका सुदिप पाख्रिन, भक्तपुरका इन्द्र प्रसाद सिल्पकार, कैलालीका दीपक आउजी, कास्कीका नारायण बहादुर गुरुङ, सप्तरीका हरिओम मेहता कोइरी, हुम्लाका छेवाङ लामा र महोत्तरीकी नम्रता सिंह दनुवार नियुक्त भएका छन्

यसैगरी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपतिमा ललितपुरकी एरिना ताम्राकार, उपकुलपतिमा ललितपुरका चन्द्रश्याम डंगोल र सदस्य सचिवमा दोलखाका कैलाशकुमार श्रेष्ठ नियुक्त भएका छन् । ललितकला प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्यमा काठमाडौंका जुपिटर प्रधान, झापाका कुबिर देवान, ललितपुरकी संगी श्रेष्ठ, बाँकेका ध्रुवराज शर्मा, सिराहाका ओम प्रकाश यादव र ललितपुरकी विणा पौड्याल छन् । प्राज्ञ सभा सदस्यमा गुल्मीका भुवन थापा, काठमाडौंकी सुनिता राणा, कास्कीका दलबहादुर गुरुङ, ललितपुरका उजय बज्राचार्य, भक्तपुरकी मिना कायस्थ, चितवनकी इन्दिरा श्रेष्ठ, सप्तरीकी रन्जुकुमारी यादव, कास्कीका इसान परियार र इलामका विष्णुप्रसाद श्रेष्ठ नियुक्त भएका छन्।

त्यस्तै कैलालीका मोहित जोशी, महोत्तरीका दिनमान गुर्मछान, इलामका प्रकाश थाम्सुहाङ, सुनसरीकी अस्मिता विष्ट, मोरङका सोम बहादुर धिमाल, कैलालीकी हरी प्रिया श्रेष्ठ, कञ्चनपुरका श्यामसुन्दर ढकाल, खड्ग कुमार गिरी, डोटीका हेमन्त जोशी, मोरङका इनतियाज मिया, कैलालीका किरण पौडेल, पर्वतका शान्तिनारायण श्रेष्ठ र दैलेखकी सृजनाकुमारी शाही पनि प्राज्ञ सभा सदस्य बनेका छन् ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपतिमा काठमाडौंका ब्रजेश खनाल, उपकुलपतिमा ताप्लेजुङकी झुमा वेनेम र सदस्य सचिवमा मोरङका भूपेन्द्र सिंह रायमाझी नियुक्त भएका छन् । प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्यमा झापाका छेन्दोक हाङ राई, भक्तपुरका जीत बहादुर देउजा, ललितपुरकी सुविमा श्रेष्ठ, बर्दियाकी सरस्वती चौधरी, भोजपुरका राजन मुकारुङ र धादिङकी रेखा शाह छिन् ।

प्राज्ञ सभा सदस्यमा बझाङकी डिक्रा वादी, पाँचथरका भिम प्रसाद योङहाङ, धादिङका शिव राम रिजाल, दोलखाका पुष्कर बहादुर गुरुङ, जुम्लाका गोविन्द सुनार, रुपन्देहीका रजत सिंह, मोरङका राम कुमार मण्डल, कास्कीका दीपक पराजुली, तनहुँकी अक्षता अधिकारी, कास्कीका विनोद बानिया, स्याङ्जाका मोती बहादुर कार्की, कञ्चनपुरकी रेखा कुमारी जोशी, इलामका अनिल आङथुपो, काठमाडौंका अग्रिम लामा र नवलपरासीका पारस सुवेदी नियुक्त भएका छन् ।

२३ श्रावण २०८३, शनिबार १०:३४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा