Play

पोखराका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालको काठमाडौँ महानगरमा सरुवा

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याललाई काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा सरुवा गरिएको छ । बिगत एक बर्षदेखी पोखरामा रहेका उनलाई नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार  काज सरुवामा काठमाण्डौं पठाईएको हो ।

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत रहेका नेपाल सरकारका सहसचिव सरोज गुरागाँई उमेर हदका कारण अनिवार्य अवकाशमा गएको कारण रिक्त पदमा अर्याललाई सरुवा गरिएको हो । अर्यालले गतवर्ष साउनमै पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका थिए ।

मन्त्रिपरिषद्ले बुधबार नेपाल प्रशासन सेवा तथा नेपाल ईन्जिनियरिङ्ग सेवाका सहसचिवहरूको सरुवा गरेको हो । सोही सरुवा अन्तर्गत अर्याल परेका हुन् ।

यसैगरी पूर्वाधार विकास मन्त्रालयका कार्यरत नेपाल ईन्जिनियरिङ्ग सेवाका सहसचिव महेश चन्द्र न्यौपानेलाई गृह मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव रमेश कुमार के।सीलाई कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको छ।

२३ श्रावण २०८३, शनिबार ०९:०० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा