Play

नेपालको सडकमा ११ हजार बढी बिवाइडी कम्पनीका गाडी गुड्दै, पोखरामा नयाँ सर्भिस सेन्टर संचालनमा

गुरुकुल खबर


पोखरा, साइमेक्स इंक प्रालिको आधिकारिक डिलर फ्ल्यास मोबिलिटी प्रालिले पोखरा महानगरपालिका – १० बुद्धचोकमा बीवाइडीको आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। पोखरामा बीवाइडीको सेल्स, सर्भिस र स्पेयर पार्टसको सुबिधा रहने गरि पूर्ण रुपमा सञ्चालनमा आएको नयाँ सर्भिस सेन्टरको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका थिए ।

नयाँ सर्भिस सेन्टर संचालनमा आएपछि सोही स्थानबाट गण्डकी प्रदेश र आसपासका क्षेत्रका बीवाइडी ग्राहकलाई बिक्रीपछिको सेवा उपलब्ध गराउनेछ। यसअघि यस क्षेत्रका ग्राहकले कम्पनीबाट तालिमप्राप्त अन्य सर्भिस पार्टनरमार्फत बिक्रीपछिको सेवा लिँदै आएका थिए। सोही कार्यक्रममा दिईएको जानकारी अनुसार नेपालको सडकमा हाल ११ हजार बढी बिवाइडी गाडी गुडिरहेका छन पोखरा क्षेत्रमा पनि बेट्रीबाट चल्ने गाडीमा बिवाइडी कम्पनीबाट उत्पादित गाडीले ५० प्रतिशत भन्दा बढी बजार ओगटेको बताइन्छ

विद्युतीय सवारीसाधनको मर्मत तथा सेवाका लागि आवश्यक संरचनासहित सञ्चालनमा ल्याइएको सर्भिस सेन्टर करिब ७ हजार २३३ वर्गफिट क्षेत्रफलमा फैलिएको छ। यहाँ ४ वटा आधुनिक भेइकल लिफ्ट र छुट्टाछुट्टै मर्मत क्षेत्र रहेकोमा सेन्टरमा हाई–भोल्टेज प्रणालीमा काम गर्ने छुट्टै कार्यक्षेत्र पनि राखिएको छ। जेन्युइन बीवाइडी स्पेयर पार्ट्सको भण्डारण र छुट्टै भेइकल वासिङ बेको व्यवस्था गरिएको छ।

सर्भिस सेन्टरले दैनिक १५ देखि १६ वटा सवारीसाधनलाई सेवा दिन सक्ने क्षमता राख्छ। यसबाट ग्राहकको प्रतीक्षा समय घट्ने र सेवा प्रभावकारी हुने अपेक्षा गरिएको छ। यसले विद्युतीय सवारीको मर्मत तथा बिक्रीपछिको सेवामा ग्राहकको पहुँच सहज बनाउने कम्पनीको भनाइ छ। साइमेक्स इंकका हेड अफ सर्भिस सुशील तण्डुकारले बीवाइडीको सवारी खरिद गर्नु ग्राहकसँगको सम्बन्धको सुरुवात मात्र भएको बताए। ‘हाम्रो जिम्मेवारी सम्पूर्ण स्वामित्व अवधिभर कायम रहन्छ,’ उनले भने।

बीवाइडी नेपालले नेपालभर बिक्रीपछिको सेवा सञ्जाल विस्तार गरिरहेको जनाएको छ। पोखरामा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आउनुलाई कम्पनीले आफ्नो सेवा सञ्जाल विस्तारको अर्को चरणका रूपमा लिएको छ। कम्पनीका अनुसार नयाँ सेन्टरले ग्राहकलाई सवारी बिक्रीपछि पनि सुपेरियर र सिन्सेयर सर्भिस दिने प्रतिबद्धतालाई थप बलियो बनाएको छ।

२२ श्रावण २०८३, शुक्रबार २१:५५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा