Play

पोखरा ट्रेडमलको बार्षिकोत्सव: फुडकोर्ट र मनोरन्जानात्मक कार्यक्रमसहित महोत्सव गरिने

गुरुकुल खबर


पोखरा, पोखरा ट्रेड मल एण्ड हाउजिङ प्रालिले १४ औं वार्षिकोत्सव २०८३मा विशाल गर्न लागेको छ । पोखराको चिप्लेढुंगामा रहेको मलमा  साउन २२ देखि २४ गतेसम्म आकर्षक फुड कोर्ट एबम बिभिन्न मनोरन्जनात्मक कार्यक्रम संचालन गरिने प्रालिका अध्यक्ष दीपककुमार मुल्मीले जानकारी दिए ।

महोत्सबमा खानाका स्टलहरुमा स्थानीयदेखि अन्तर्राष्ट्रिय परिकारहरु, चर्चित कलाकारहरुको सांगीतिक प्रस्तुति तथा मनोरञ्जनात्मक कार्यक्रम समाबेश गरिने र सोहि अबधिमा मलमा रहेका विभिन्न प्रतिष्ठित ब्राण्डका सामान व्यवसायीले विशेष छुुटमा विक्रि गर्न आकर्षक विक्रि योजना ल्याउने बुझिएको छ।

महोत्सवले ग्राहकलाई आवश्यक सामान किनमेल, मनोरञ्जन तथा पारिवारिक रमाइलो वातावरण प्रदान गर्ने अध्यक्ष मुल्मीले दाबी गरे । पोखरा मलका प्रबन्ध निर्देशक सौगात थापाले वार्षिकोत्सवमा यसभन्दा अघि रक्तदान, विद्यालयस्तरीय वक्तृत्वकला संस्थागत सामाजिक उत्तरदायित्व संग सम्बन्धित बिभिन्न कार्यक्रम गर्दै आएकोमा यस वर्ष महोत्सव गर्न लागेको बताए ।

पोखरा मलले गत वर्ष पनि व्यापार महोत्सव गरेको थियो । २०७२ असोज २६ देखि औपचारिक रुपमा सञ्चालनमा आएको पोखरा मलमा ५०० भन्दा बढि व्यापारिक सटर छन् । पोखराका विभिन्न स्थानमा पेसा–व्यवसाय गर्ने व्यक्तिहरूको सामूहिक लगानीमा निर्मित मलमा सुनचाँदीका गरगहना, रेडिमेट तथा फेन्सी कपडा, कस्मेटिक, खाद्यान्न, इलेक्ट्रोनिकलगायत वस्तु खरिद गर्न सकिन्छ ।

२१ श्रावण २०८३, बिहीबार ०९:२९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा