Play

पोखरा उधोग बाणिज्य संघको अधिबेशन: पदाधिकारी र सदस्यका सम्भावित उमेदवारहरु को को ?

गुरुकुल खबर


पोखरा, पोखराको जेठो र निजि क्षेत्रको छाता संस्थाको रुपमा रहेको पोखरा उधोग बाणिज्य संघको आसन्न अधिबेशनबाट संघको नयाँ कार्य समितिमा निर्बाचित हुनको लागि आकांक्षा प्रकट गर्ने उधोगी र ब्यापारीहरुको सङ्ख्य धेरै देखिएको छ। कार्यसमितिको अध्यक्षको उमेदवार बन्नको लागि हालसम्म चारजनाले आकांक्षा राखेको देखिएकोले पनि कुनै एकजना अध्यक्षको प्यानलमा परेर चुनाब लड्ने चाहना राख्ने क्रम जारी छ ।

अधिबेशनको निर्बाचन कार्यतालिका हालसम्म सार्बजनिक नभएको भएपनि उमेदवार बन्ने चाहने अधिकांश उधोगी ब्यापारीहरु आंफ्नो उमेदवारी घोषणा गर्दै मतदाता समक्ष पुग्ने क्रम शुरु भैसकेको छ । हाल अध्यक्षको उमेदवारको रुपमा उत्तममान बुद्धाचार्य, बलराम आचार्य, शोभा गौतम र अर्जुन पोखरेलको चर्चा चलिरहेको छ उनीहरुमध्ये चारै जनाको बिचमा प्रतिष्पर्धा हुने सम्भावना रहेको भएपनि कतिपयले भने केहि उमेदवारको बिचमा सहमति कायम हुने अनि दुई वा तिनजनाको बिचमा मात्र प्रतिष्पर्धा हुने चर्चा समेत गर्न थालेका छन।

उल्लिखित चारजना मध्ये पोखरेल यस अगाडी दुई पटकसम्म अध्यक्षमा उमेदवार बनेर पराजित भैसकेका छन भने बुद्धाचार्य हालका बरिष्ठ उपाध्यक्ष एबम आचार्य हालका उपाध्यक्ष हुन्। यसैगरी गौतम हाल संघको महासचिबको भूमिकामा रहेकी छन।

यसपटक कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा दिनेश बाँस्तोला र सोभित पौडेलको बिचमा प्रतिष्पर्धा हुने चर्चा चलेको छ। यसका साथै अध्यक्षको  उमेदवारको रुपमा आकांक्षा राख्नेहरुमध्ये कुनै एक जना बरिष्ठ उपाध्यक्षमा बस्न सक्ने सम्भावना समेत देखिन्छ। यस्तो अबस्थामा दिनेश बास्न्तोलाको कडा प्रतिष्पर्धा अध्यक्षका आकांक्षा प्रकट गरेर बरिष्ठ उपाध्यक्षमा चुनाब लड्न आउनेसंग हुने अबस्था छ।

संघको मर्यादाक्रममा तेश्रो स्थानमा रहेको उधोग उपाध्यक्षमा अहिलेसम्म ललित कुँवरले मात्र उमेदवारी सार्बजनिक गरेको छन। उनि यस अगाडिको अधिबेशनमा सर्बाधिक मत पाएर कार्यसमितिको सदस्य पदमा निर्बाचित भएका थिए। उनको चाहना कोषाध्य्क्षमा चुनाब लड्ने भएपनि कार्यसमितिका अधिकांशको चाहना अनुसार उधोग तर्फबाट उपाध्यक्षको उमेदवार बन्नुपर्ने अवस्थामा पुगेको बुझिएको छ। उक्त पदमा  टिकाराम सुबेदी र सौगात थापाले पनि उमेदवार बन्ने चाहना राखेको बताइएको छ।

बाणिज्य तर्फबाट उपाध्यक्ष पदमा मनोज श्रेष्ठको उमेदवारी औपचारिक रुपमा सार्बजनिक भैसकेको छ। बर्तमान कार्यसमितिमा कोषाध्यक्ष रहेका श्रेष्ठसंग रामेश्वर अधिकारीले समेत प्रतिष्पर्धा गर्न चाहेको बुझिएको छ। कतिपयले बाणिज्य उपाध्यक्षमा बालकृष्ण कोइराला वा रुद्रनाथ लुइंटेल पनि उमेदवार बन्न सक्ने सम्भावना व्यक्त गर्छन।

संघको कार्यसमितिको महासचिब पदमा हालका उपमहासचिब सुदीप प्रधानांगको चर्चा चलिरहेको छ। तर उनीसंग तारानाथ ढुंगाना र टिकाराम सुबेदीले प्रतिष्पर्धा गर्ने तयारी गरेको बताइएको छ।

उपमहासचिब पदमा प्रदिप राजभण्डारी, भिम गौतम र रामचन्द्र तिमिल्सिनाको चर्चा चलिरहेको छ। राजभण्डारी दुई पटकसम्म मनोनित सदस्यको रुपमा र हाल निर्बाचित सदस्यको रुपमा कार्यरत छन ।

संघको कोषाध्यक्ष पदमा देबेन्सन प्रजु, बिनोद केसी र जिबन प्रकाश श्रेष्ठको बिचमा प्रतिष्पर्धा हुने सम्भावना छ। प्रजु र श्रेष्ठ बर्तमान कार्य समितिको सदस्य हुन भने केसी यस अगाडी तिन पटकसम्म संघको कार्यसमितिको सदस्य पदमा उमेदवार बनेको भएपनि झिनो मतले पराजित भएका थिए ।

उल्लिखित बिभिन्न पदका आकांक्षीहरु अन्तिम अबस्थामा अन्य पदको लागि समेत उमेदवार बन्न सक्ने सम्भावना पनि त्यत्तिकै रहेको छ। अध्यक्षका उमेदवार कतिजना बन्छन, त्यसको आधरमा प्यानल बन्न सक्ने भकोले उल्लिखित आकांक्षीहरु मध्ये कुनै उमेदवार नबन्ने र कुनैको पद तलमाथि हुनसक्ने समेत बताइन्छ ।

अध्यक्षका उमेदवार अनुसार पदाधिकारीको प्यानल बन्न सक्ने अनुमान गरिएपनि सदस्यहरुको भने पुरा प्यानल बन्न सक्ने अबस्था छैन। दुई वा तीनजना मात्र अध्यक्षका उमेदवार बनेमा पदाधिकारीहरुको पनि करिब करिब सोही अनुसारको प्यानल बन्ने अनुमान गरिएपनि पूर्ण रुपमा भने पदाधिकारीहरु दुई प्यानलना मात्र विभाजित हुने अबस्था रहेको कतिपयको बुझाई छ ।

कार्यसमितिको सदस्य पदमा बर्तमान कार्यसमितिको सदस्यमा रहेकाहरुसहित केहि नयाँ अनुहारले प्रतिष्पर्धा गर्ने बुझिएको छ। जसअनुसार दुधमान गुरुङ ‘आशिष’, मनोहरी पौडेल, दुर्गा बराल, पृथ्वीराज तिमिल्सिना, नबिन नापित, एकनारायण गौतम, सुरेश घिमिरे, कमलबहादुर सुनार बर्तमान कार्यसमितिको सदस्य समेत हुन् भने भवसागर बराल र अमृत पोखरेल नयाँ अनुहारको रुपमा चुनाबी मैदानमा आउने सम्भावना छ।

२० श्रावण २०८३, बुधबार १३:१२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा