Play

पोखरा उबासंघको अध्यक्षमा चारजना उमेदवार बन्ने सम्भावना, उमेदवार बिचमा सहमति कायम गराउन पहल

गुरुकुल खबर


पोखरा, पोखराको जेठो र निजि क्षेत्रको छाता संस्था पोखरा उधोग बाणिज्य संघको आगामी भदै २० र २१ गते हुने ३६ औं महाधिबेशनबाट नेतृत्व लिनका लागि चार जनाजति उमेदवार बन्ने सम्भावना बढेको छ। हालसम्म संघका बरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, उपाध्यक्ष बलराम आचार्य र महासचिब शोभा गौतमले उमेदवारी घोषणा गरेकोमा यस अगाडी दुई पटकसम्म अध्यक्षमा पराजित अर्जुन पोखरेल समेत उमेदवार बन्ने सम्भावना बढेको बताइन्छ।

पोखरेल हाल क्यानाडामा रहेको र शनिबारसम्ममा पोखरा आएर चुनाबी अभियानमा लाग्ने कतिपयको भनाई छ। यस अगाडि सम्पन्न  महाधिबेशनमा पोखरेलको प्यानलमा रहेर कोषाध्यक्ष बनेका मनोज श्रेष्ठले हाल अध्यक्ष पदमा उमेदवारी घोषणा गरेका बुद्धाचार्य, आचार्य र गौतमभन्दा बाहिरबाट अर्को उमेदवार बन्न सक्ने प्रवल सम्भावना रहेको बताउनुले पनि अर्जुन पोखरेललाई तिनजना बाहिरको उम्मेदवारको रुपमा हेरिएको विश्लेषण गर्न थालिएको छ । तर, कतिपयले पोखरेलले यथास्थितिमा उमेदवार नबन्ने दाबि पनि गरेको छन।

अध्यक्ष सहित कार्यसमितिको बिभिन्न पदमा उमेदवारी दर्ता सम्भवत अर्को साता हुने बताइएको छ। यसका लागि निर्वाचन समितिले तयारी गरिरहेको बुझिएको छ ।

पोखरेलले अझैसम्म सार्बजनिक रुपमा अध्यक्षको उमेदवार बन्ने भन्ने कुरा सार्बजनिक नगरेको कारण यतिबेला तिनजना अर्थात उत्तम, बलराम र शोभालाई मिलाउने प्रयास बिभिन्न तहमा भैरहेको बताइन्छ। उनीहरु तीनजना सहित अर्जुन पनि राजनीतिक रुपमा नेपाली काँग्रेस निकट भएको कारण उनीहरुलाई मिलाउनको लागि नेपाली काँग्रेसको तर्फबाट समेत पहल भैरहेको श्रोतले जनाएको छ । यस अगाडी संघका केहि पुर्व अध्यक्षहरुले पनि तीनजनाको बिचमा सम्भव भएसम्मको सहमति कायम गर्ने पहल गरेका थिए ।

संघका पुर्व अध्यक्षहरुले तिनजना आकांक्षीहरुसंग संयुक्त बैठक गरेको केहि दिनपछि सोमबार नेपाली काँग्रेसले पनि तीनजना आकांक्षीहरु बोलाएर छलफल गरेको थियो। कास्की कांग्रेसका सभापति किशोरदत्त बराल, पार्टीका पोखरा महानगर सभापति सुरेन्द्रमान बिजुक्छे, कांग्रेसको  शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक उधोग बाणिज्य संघका केन्द्रीय अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य सहित नेपाल उधोग बाणिज्य महासंघका सदस्य एबम पोखरा उधोग बाणिज्य संघका बहालवाला अध्यक्ष गोकर्ण कार्कीसंगै तीनजना आकांक्षीहरुको बैठक सम्पन्न भएको थियो ।

उक्त बैठकमा पार्टीको तर्फबाट मिलेर जान आग्रह गरिएपछि उत्तम र बलरामले सबैजना मिल्ने बाताबरण बनेमा आँफुहरु बाधक नबन्ने तर आंफ्नो पक्षमा माहोल राम्रो रहेकोले चुनाब जित्ने दाबि गरेका थिए । तर, शोभाले भने यसपटक नयाँ इतिहास रचेर महिलालाई अध्यक्ष बनाउन आग्रह गर्दै आँफु अधिकांश मतदाताको घर दैलोमा पुगेको कारण आंफ्नो जीत सुनिश्चित रहेको कारण अध्यक्ष पदको उमेदवारी फिर्ता नगर्ने दाबि गरेको बैठकका एक सहभागीले गुरुकुल खबरलाई बताए।

यसपटकको चुनाबमा अध्यक्षका आकांक्षी शोभाले आँफुलाई महिला मतदाता सहित अधिकांशसंग व्यक्तिगत सम्बन्ध र सम्पर्क कायम रहेकोले आंफ्नो जीत सुनिश्चित रहेको दाबि गर्दै आएकी छन। संस्थाको कार्यसमितिको सदस्यमा प्रवेश गरेर महासचिबको जिम्मेवारी समेत सम्हालेको कारण संघका उधोगी एबम ब्यबसायी मतदाताहरुको समर्थन आँफुलाई हुने बिश्वास शोभाको रहेको बुझिएको छ।

यसैगरी अर्का आकांक्षी उत्तममान बुद्धाचार्यले आँफु बरिष्ठ उपाध्यक्ष भएको कारण अध्यक्षको स्वाभाविक दावेदार रहेको बताउंदै आएको छन। लामो समयदेखि ब्यबसायिक क्षेत्रमा क्रियाशील रहेको अनि पोखराको मुख्य बजार क्षेत्रमा बसोबास गर्ने र ब्यापार ब्यबसायको माध्यमबाट साथै बिभिन्न संघसंस्थामा संलग्न रहेकोले पनि आँफुलाई चुनाब जित्न सहज हुने दाबि उनले गर्दै आएको छन।

यसैगरी अर्का आकांक्षी बलरामले पनि आँफु संघको कार्यसमितिको बिभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेको र अघिल्लो महाधिबेशनमा केहि पुर्व अध्यक्षहरुको रोहवरमा आँफुलाई बने अध्यक्ष बनाउने सहमति भएको कारण अध्यक्षको उमेदवारीको अरु बिकल्प नरहेको बताउँछन। व्यवासायिक गतिबिधिका अतिरिक्त राजनीतिक रुपमा कांग्रेसको मात्र नभएर अन्य दलका साथीहरुको समेत समर्थन आँफुलाई रहने भन्दै उनि पनि चुनाब जितेर अध्यक्ष बन्ने विश्वासमा छन।

यसपटक पनि अध्यक्षको उमेदवार बन्ने सोचाई राखेका अर्जुनलाई संघको बर्तमान कार्यसमितिका केहि पदाधिकारी एबम सदस्यहरुको समर्थन रहेको बताइन्छ। शोभा, उत्तम र बलराम तीनजना अध्यक्षको उमेदवार भएमा बर्तमान कार्यसमितिका केहि पदाधिकारी एबम सदस्यहरुलाई मिलाएर प्यानल बनाउने र उनीहरुको सहयोगमा जीत हासिल गर्ने दाउमा अर्जुन देखिन्छन।

तर, अर्जुनको उमेदवारी भएमा आँफुलाई महिला र अन्य आंफ्नो नाजिकका मतदाताहरुको मतले मात्र पनि चुनाब जित्न सजिलो हुने भनाई शोभाको छ। ‘जति धेरैजना अध्यक्षका उमेदवार बन्छन, मलाई चुनाब जित्न त्यति नै सजिलो हुन्छ’ शोभाको बुझाई छ।

बुद्धाचार्यले पनि चारजना उमेदवार भएमा आँफुलाई चुनाब जित्न झन् सहज हुने दाबि गर्छन । ‘मेरा ब्यबसायिक साथीहरु र बजार क्षेत्रका साथीहरुको सहयोग मलाई हुने भएकोले पनि मलाई चुनाब जित्न सहज हुन्छ’  उनले भने। उत्तमलाई जातीय आधारमा समेत मत खस्न सक्ने भएकोले पनि उनले आँफुलाई बलियो सम्झिएको हुनसक्ने अनुमान गरिएको छ।

१९ श्रावण २०८३, मंगलवार १६:१० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा