पोखरा, आन्दोलनरत चिकित्सक र सरकारको बिचमा पांच बुँदे सहमति भएसँगै चिकित्सकहरूले जारे राखेको आन्दोलन फिर्ता लिएका छन्।बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा नेपाल चिकित्सक संघका पदाधिकारीबीच भएको छलफलपछि सहमतिपत्रमा हस्ताक्षर गर्नुको साथै चिकित्सक संघले देशव्यापी रुपमा संचालन गरेको आन्दोलन समेत फिर्ता भएको हो।
यस्तै, सरकारसंग भएको सहमतिमा स्वास्थ्य संस्थाको सुरक्षा सुनिश्चित गर्न कार्ययोजना तयार गरी नेपाल चिकित्सक संघसँगको सहकार्यमा एक कार्यदल गठन गर्ने र कार्यान्वयनको प्रगति नियमित समीक्षा गर्ने पनि सहमतिमा उल्लेख भएको नेपाल चिकित्सक संघका केन्द्रीय सदस्य डा. सुष्मित काफ्लेले गुरुकुल खबरलाई जानकारी दिए।
चिकित्सकहरुले आज बुधबार पनि देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्द गर्नुको साथै देशभरका जिल्ला प्रशासन कार्यालयमा आँफुहरुका माग पुरा गर्नुपर्ने दवाब दिंदै ज्ञापनपत्र समेत बुझाएका थिए














