Play

देशभरका अस्पतालमा आकस्मिक बाहेकको सेवा बन्द, ज्ञापनपत्र बुझाउन सिडिओ कार्यालयमा चिकित्सकहरु

गुरुकुल खबर


पोखरा, नेपाल चिकित्सक सङ्घको आह्वानमा आज बुधबार पोखरा लगायत देशभरका सरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक सेवा बाहेकका अन्य सबै स्वास्थ्य सेवा बन्द गरिएको छ। पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमण र अस्पताल परिसरमा गरिएको तोडफोडमा संलग्न दोषीहरूलाई कानुनी कारबाही गर्न सरकार उदासिन बनेको भन्दै सङ्घले देशव्यापी रुपमा आन्दोलनलाई निरन्तरता दिएको हो।

पोखरा क्षेत्रमा रहेका तीनवटा मेडिकल कलेजमा संचालित अस्पताल सहित अन्य सरकारी एबम निजि अस्पतालहरुमा कार्यरत डाक्टरहरुले आकस्मिक सेवा बाहेकका अन्य सेवा बन्द गर्दा उपच्र्को लागि अस्पताल पुगेका बिरामीहरुले समेत समस्या भोग्नु परेको छ। चिकित्सकहरूको यो आन्दोलनका कारण देशभरका अस्पतालहरूमा बहिरङ्ग (ओपीडी), नियमित स्वास्थ्य परीक्षण, शल्यक्रिया र अन्य गैरआकस्मिक सेवाहरू पूर्ण रूपमा ठप्प बनेका छन्। यद्यपि, सर्वसाधारणको जटिल स्वास्थ्य स्थितिलाई ध्यानमा राख्दै अस्पतालहरूमा आकस्मिक (इमर्जेन्सी) सेवा भने सञ्चालनमा राखिएको छ।

आज मुलुकका सबै जिल्ला प्रशासन कार्यालयमा चिकित्संक संघको आह्वानमा ज्ञापनपत्र बुझाउने पुर्व निर्धारित कार्यक्रम अनुरुप अहिले जिल्ला प्रशासन कार्यालय कास्कीमा पनि ज्ञापनपत्र बुझाउन पोखराका बिभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरु पुगेको छन। नेपाल चिकित्सक संघका केन्द्रीय सदस्य डा. सुष्मित काफ्लेले अहिले जिल्ला प्रसासन कार्यालयमा ५० भन्दा बढी चिकित्सकहरु ज्ञापनपत्र बुझाउन पुगिसकेको छन ।

नेपाल चिकित्सक संघ गण्डकीका अध्यक्ष डा. सुनिल पनेरु, बरिष्ठ उपाध्यक्ष डा. कृष्णचन्द्र रिजाल, उपाध्यक्ष डा. शुशील तिमिल्सिना, सचिब डा. नवराज लम्डारी, गण्डकी प्रदेशका संयोजक डा. यज्ञराज सिग्देलको साथै पोखराका बरिष्ठ चिकित्सकहरु नरेन्द्र बिक्रम गुरुङ, डा. बुद्धिबहादुर थापा, डा. मुकुन्द आचार्य र डा. माधव तिवारी लगायत दर्जनौं चिकित्सकहरु कास्की जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउन पुगेको चिकित्सक संघका केन्द्रीय सदस्य डा. सुष्मित काफ्लेले गुरुकुल खबरलाई जानकारी दिए।

आन्दोलनको प्रत्यक्ष असर पर्यटकीय राजधानी पोखरा र संघिय राजधानी काठमाडौँ लगायत बिभिन्न स्थानमा संचालित प्रमुख सरकारी अस्पतालहरूमा धेरै परेको छ। विशेष गरी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) र वीर अस्पतालमा उपचारका लागि टाढा-टाढाबाट आएका बिरामीहरूको उल्लेख्य भीड र चाप देखिएको छ। यसैगरी पोखराको मणिपाल मेडिकल कलेज. गण्डकी मेडिकल कलेज, गण्डकी स्वास्थ्य बिज्ञान प्रतिष्ठान सहित प्रमुख अस्पतालमा बिरामीहरुको चाप देखिएको छ।

नियमित ओपीडी सेवा बन्द भएपछि काउन्टरमा पुगेर पनि बिरामीहरू उपचार नपाई निराश भएर घर फर्कन बाध्य भएका छन् भने केही बिरामीहरू भने आकस्मिक कक्ष तर्फ लागेका छन् वा वैकल्पिक अस्पतालको खोजीमा भौँतारिएका छन्।

नेपाल चिकित्सक सङ्घले घटनाका दोषीहरूलाई तत्काल कानुनी दायरामा ल्याएर कडा कारबाही नगरेसम्म र स्वास्थ्यकर्मीहरूको सुरक्षा सुनिश्चित नगरेसम्म पछि नहट्ने जनाएको छ। माग पूरा नभए आन्दोलनका कार्यक्रमलाई थप कडा र सशक्त बनाउन बाध्य हुने चेतावनीसमेत सङ्घले दिएको छ।

यता अस्पतालमा सेवा ठप्प हुँदा सास्ती भोग्न बाध्य बिरामी तथा सर्वसाधारणले भने सरकारसँग अविलम्ब समस्या समाधानको माग गरेका छन्। उपचार पाउने नागरिकको मौलिक अधिकार खोसिएको भन्दै उनीहरूले चिकित्सकहरूका जायज मागलाई तत्काल सम्बोधन गरेर अवरुद्ध स्वास्थ्य सेवा यथाशीघ्र सहज बनाउन सरकारसँग आग्रह गरेका छन्।

१३ श्रावण २०८३, बुधबार ११:१२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा