Play

कांग्रेसका बरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन, बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसका वरिष्ठ नेता एबम पुर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको मंगलबार दिउँसो निधन भएको छ । केहि महिनादेखि क्यान्सर रोगका कारण पिडित श्रेष्ठको ललितपुरको जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा निधन भएको हो ।

८३ बर्षीय श्रेष्ठ नेपाली कांग्रेसको राजनीतिमा लामो समयदेखि क्रियाशील रहँदै यस अगाडी नै पार्टीको कार्यबाहक सभापति समेत बनेका थिए।  उनले नेपाल सरकारको विभिन्न मन्त्रालयको मन्त्रीको रुपमा तथा उपप्रधानमन्त्रीको जिम्मेवारी समेत सम्हालिसकेका छन ।

प्रजातन्त्र एबम लोकतन्त्रको लागि भएका आन्दोलनका क्रममा पटकपटक जेल नेल भोगेका श्रेष्ठ सशस्त्र द्वन्द्व अन्त्य गरि मुलुकमा शान्ति स्थापना गर्ने लक्ष्यका साथ भएको १२ बुँदे समझदारीको हस्ताक्षरकर्ता मध्ये एक हुन l

तत्कालीन नेपाली काँग्रेस (प्रजातान्त्रिक ) को कार्यवाहक सभापतिका रूपमा रहेर महत्त्वपूर्ण भुमिका निर्वाह गरेका श्रेष्ठ बिगत एक बर्षदेखि गम्भीर रुपले बिरामी परेका थिए ।

श्रेष्ठको शव बुधबार बिहान ८ देखि ११ बजेसम्म श्रद्धाञ्जलीका लागि नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा अन्तिम श्रद्दान्जलीको लागि राखिने र त्यसपछि शव यात्रासहित पशुपति आर्यघाटमा दाहसंस्कारको लागि लगिने भएको छ ।

यसअघि कांग्रेस सभापति गगन थापाले यहि साउन ७ गते श्रेष्ठलाई पार्टीको वरिष्ठ नेता मनोनीत गर्ने निर्णय पार्टीको केन्द्रीय समितिको बैठकले गर्ने घोषणा गरेका थिए । तर, सभापति थापाको प्रस्ताव कार्यान्वयन नहुँदै नेता श्रेष्ठको मङ्गलबार निधन भएको छ।

स्व. श्रेष्ठका एक छोरा राजु श्रेष्ठ पोखरामा ब्यापार व्यवसायमा संलग्न छन ।

पेटको क्यान्सरपछि उपचाररत श्रेष्ठलाई सभापति थापाले अस्पताल पुगेर भेटेपछि वरिष्ठ नेताका रूपमा घोषणा गर्ने बताएका थिए ।  गत साउन ७ गते ४४औँ बीपी स्मृति तथा जरा अभियान समापन र नयाँ अभियान घोषणा कार्यक्रममा बोल्दै सभापति थापाले केन्द्रीय समितिले अनुमोदन गर्ने गरी श्रेष्ठलाई वरिष्ठ नेता बनाउने घोषणा गरेका थिए।

‘गोपालमान श्रेष्ठको स्वास्थ्य अवस्था नाजुक छ, केही समयअघि हामीले पार्टीभित्र छलफल गरेका थियौँ, मैले गोपालमान दाइलाई अस्पतालमै गएर पनि भनेर आएको थिएँ’, सभापति थापाले भनेका थिए,‘केन्द्रीय समिति बैठकले उहाँलाई वरिष्ठ नेतामा मनोनीत गर्छ।’

१२ श्रावण २०८३, मंगलवार १८:३३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा