Play

कांग्रेस नेता शोभाचन्द्र बरालको परिवारमा शोक, बरालका नाति बिनायकको २७ बर्षमा निधन

गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेसका कास्की -२ का पुर्व क्षेत्रिय सभापति एबम नेपाल प्रजातन्त्र सेनानी संघका केन्द्रीय सदस्य, पोखराको मासवार निवासी शोभाचन्द्र बरालको परिवारमा शोक परेको छ। उनका नाति विनायक बरालको अल्पायुमा नै निधन भएको कारण बरालको परिवारमा शोक परेको हो।

कांग्रेस नेता बरालका छोरा रामचन्द्र बराल तथा गीता बरालका एकमात्र छोरा विनायक बरालको यहि साउन ५ गते उपचारको क्रममा काठमाडौँमा निधन भएको हो। यस अगाडी कांग्रेस नेता बरालका एक छोरा श्रीराम बरालको पनि अल्पायुमा नै निधन भएको थियो।

ब्यापार ब्यबसाय संचालन गरेर सामान्य अबस्थामा रहेका विनायक एक्कासी खुट्टा दुख्ने किसिमको सानो घाउको कारण बिरामी परेको थिए। खुट्टाको दुखाई बढेपछि तत्काल पोखरास्थित अस्पतालमा लागिएको र थप उपचारको लागि भोलिपल्ट काठमाडौँ लगिएको भएपनि उपचारको क्रममा उनको निधन भएको हो ।

नातिको अल्पायुमै निधन भएको घटनाको कारण बयोबृद्ध शोभाचन्द्रकी धर्मपत्नी बेहोस भएको र हाल उनको अस्पतालमा उपचार भैरहेको छ।  शोभाचन्द्र बराल राजनीतिकसंगै आध्यात्मिक, शैक्षिक एब्म्सामजिक व्यक्तित्व पनि हुन। उनि पोखरा -७ मासवारस्थित श्री कृष्ण माबिको बिधालय ब्यबस्थापन समितिको अध्यक्ष समेत हुन । नेता बरालले नेपाल प्रेस युनियन कास्कीले स्थापना गरेको राष्ट्रिय पत्रकारिता पुरसकार एबम कल्याण कोष स्थापनाको लागि समेत आर्थिक सहयोग गरेका छन ।

यसैबीच, बरालको परिवारमा भएको घटनापछि स्व. विनायक प्रति श्रद्दान्जली प्रकट गर्न तथा बराल परिवारमा समबेदना प्रकट गर्न नेपाली काँग्रेस सहित बिभिन्न दलका नेता र कार्यकर्ताहरु, बिभिन्न धार्मिक, सामाजिक एबम शैक्षिक संघसंस्थाका प्रतिनिधिहरु उनको निवास मासवारमा पुग्ने क्रम निरन्तर चलिरहेको छ ।

 

 

११ श्रावण २०८३, सोमबार १९:०४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा