Play

खेलकुद पत्रकार मञ्च गण्डकीले एउटा कार्यक्रमबाट बचायो करिब आठ लाख

गुरुकुल खबर


पोखरा, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले गत बैशाख ३१ गते पोखरामा आयोजना गरेको दशौं रारा पोखरा स्पोर्ट्स अवार्ड–२०८२ बाट  करिब ८ लाख रुपैया बचत गर्न सफल भएको छ । मञ्चले आइतबार अवार्डको आयव्यय सार्वजनिक तथा समीक्षात्मक छलफल कार्यक्रममा दिईएको जानकारी अनुसार कार्यक्रमबाट ७ लाख ७१ हजार ४ सय १८ रुपैयाँ बचत भएको जानकारी दिईएको थियो । अवार्ड कार्यक्रमका लागि कुल ३४ लाख ७५ हजार ९ सय ३८ रुपैयाँ आम्दानी र २७ लाख ४ हजार ५ सय २० रुपैयाँ खर्च भएपछि उक्त रकम बचत भएको कोषाध्यक्ष बिमल तिवारीले जानकारी दिए ।

तिवारीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन अनुसार खर्चतर्फ सबैभन्दा बढी पुरस्कार वितरणमा १० लाख ३७ हजार ४ सय ६० रुपैयाँ खर्च भएको छ । खाजा, खाना तथा आवासमा ६ लाख ९८ हजार ३ सय ६४ रुपैयाँ, ट्रफी तथा ट्रयाक सुट खरिदमा ४ लाख २२ हजार रुपैयाँ, सांगीतिक कार्यक्रम सञ्चालनमा ४ लाख ५० हजार रुपैयाँ तथा अन्य शीर्षकमा खर्च गरिएको मञ्चले जनाएको छ ।कार्यक्रमको लागि बिभिन्न सरकारी एबम निजि क्षेत्रका संस्था र व्यक्तिबाट सहयोग प्राप्त भएको थियो

कार्यक्रममा मञ्चको गण्डकी प्रदेशका अध्यक्ष एमबी आस्थामगरले विगतका कमजोरीबाट पाठ सिक्दै संस्थाका गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे । प्रविधिको विकाससँगै खेलकुद पत्रकारिताको शैलीमा पनि सुधार ल्याउनुपर्नेमा जोड दिंदै उनले राजधानी केन्द्रित ठूला कार्यक्रमको प्रभावलाई तोड्दै पोखरा स्पोट्र्स अवार्डले देशभर बेग्लै पहिचान बनाउन सफल भएको बताए ।

नेपाल पत्रकार महासंघ कास्कीका कार्यवाहक अध्यक्ष माधव रेग्मीले पत्रकारिता क्षेत्रमा हुने अवार्ड कार्यक्रमलाई पोखराको विशिष्ट पहिचान वा ‘ब्राण्ड’का रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका थिए । मञ्चका पूर्वअध्यक्ष केशव पाठकले पोखरा स्पोट्र्स अवार्डको सफलता र यसको गरिमालाई अझ उच्च बनाउन संस्थागत पारदर्शिता र नियमित समीक्षा अनिवार्य रहेको बताए ।खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व अध्यक्ष एकराज गिरीले मञ्चले आयोजना गर्दै आएको स्पोट्र्स अवार्डलाई आगामी दिनमा अझ परिष्कृत र अपनत्वपूर्ण बनाउनुपर्नेमा जोड दिए । अवार्डका परिकल्पनाकार सन्देश श्रेष्ठले यसको गरिमा र भविष्यबारे आफ्ना धारणा राखे । उनले झण्डै ५ लाख रुपैयाँको न्यून बजेटबाट सुरु गरिएको यो अभियान अहिले ३५ लाख रुपैयाँ संकलन र परिचालन गर्न सक्ने हैसियतमा पुग्नु गौरवको विषय भएको बताए ।

११ श्रावण २०८३, सोमबार ११:०४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा